Nepalese squad Entertainment तिज मेलाको सिड्नी २०१८को सम्पूर्ण तयारी पुरा पशुपति शर्माले महोल तताउने

बिशाल बराल सिड्नी अस्ट्रेलिया

अगस्ट १५  गते ।
मलाइ अमेरिका यहि मलाइ नेपाल पनि यहि, क्यम्पस पढ्न जाने , माननिय ज्यु लोकदोहोरिको बाद्शह भन्दा पनि फरक नपर्ने गायक पशुपति शर्माका निकै चर्चित गीत यसपालिको तिजमा अस्ट्रेलियाको सिड्नीको एसफिल्ड
पार्कमा घन्किदै छ “Nepalese squad Entertainment” आयोजना गरेको तिज मेलामा यस्पाली नेपालकै चर्चित गायक गायिका हरुले सिड्निमा प्रस्तुती दिन लागेका हुन, कार्यक्रममा  गायक पशुपति शर्मा, शन्तु थापा ,मन्जु पौडल रा देबि घर्ति  सहभागीता रहनेछ|

 

आउँदै गरेको हिन्दु महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसरमा अष्ट्रेलियामा विशेष कार्यक्रमको आयोजना हुने भएको छ । विगत लामो समयदेखि सकृय रहेको ‘बाबा कन्सल्टेन्सि र आर के स अस्ट्रेलियाले’ Nepalese squad Entertainment “सग सहकार्य  गरि विशेष तीज मेलाको आयोजना गर्न लागेको हो ।

हिन्दु नारीहरुको महान् पर्व हरितालिका तीजको अवसर पारेर तीज मेलाको आयोजना गर्न लागिएको यो कार्यक्रममा प्रबेश निशुल्क रहेको आयोजकले जानकारी दिएक छन । नेपाली रीतिरिवाजको संरक्षणको लागि कार्यक्रमको आयोजना गरीएको आयोजक सस्थाले जानकारी दिए|

अगस्ट १८ ,२०१८ का दिन अस्ट्रेलियाको सिड्नीको एसफिल्ड  पार्कमा दिउसो १२ बजे बाट हुन गई रहेको   “Nepalese squad Entertainment” तिज कार्यक्रम आयोजना गर्न लागिरहेको हो । । कार्यक्रममा भब्य सास्कृतिक प्रस्तुती सँगै भिभिन्न स्टलहरुको ब्यबस्था गरिएको आयोजक गगन बिडारिले जानकारी दिएका छन ।

प्रवास मा रहेर पनि नेपाली सास्कृतिक पहिचान तथा मौलिक परम्परा को जगेर्ना गर्दै बिशेष गरी अस्ट्रेलियामा रहेका महिला दिदी बहिनी हरु लाई मध्यनजर राख्दै सम्पूर्ण प्रवासी नेपाली हरु लाई स्वच्छ मनोरन्जन दिने यस कार्यक्रम को लक्ष्य रहेको गगन बिडारि बताउछन|

Leave a Comment

Your email address will not be published. Required fields are marked *