Home Story

Story

ग्लोबल कन्सल्ट र रेष्ट ग्रुपले गरे धुर्मुश-सुन्तली मार्फत बाढीपिडितलाई सहयोग।

काठमाडौं,१४ भदौ । अष्ट्रेलियाका लागि एजुकेशन तथा माइग्रेसन भिसामा ख्याती कमाएको ग्लोबल कन्सल्ट र रेष्ट ग्रुपले नेपालको बाढीग्रस्त क्षेत्रमा राहत प्रदान गरेको छन्। ग्लोबल कन्सल्ट र रेष्ट ग्रुपको आयोजनामा केही अघि सिड्नीमा सम्पन्न तीज रमझम साँझबाट संकलित केहि रकममा थप गरेर एक हजार अष्ट्रेलियन डलर बराबरको (८२ हजार रुपयाँ ) सहयोग गरिएको हो। धुर्मुस सुन्तली […]

‘रोग पत्ता लागेन, पैसा सकियो’

अर्जुन गिरी- मान्छेलाई सकभर रोग नलागोस् भन्ने हुन्छ । रोग लागे पनि ठूलो रोग नलागोस् भन्ने हुन्छ । सानै रोग लागे पनि छिटो निको होस् भन्ने हुन्छ । रोग लागेर उपचार गर्दा भएसम्म रकम खर्च गर्न मान्छे पछि पर्दैनन्, त्यो पनि छिटो निको हुने आशामा । मनिपाल शिक्षण अस्पताल पोखरामा एउटा यस्तो बिरामीको उपचार भइरहेको […]

महानगरकी एकमात्र महिला वडाध्यक्ष

अर्जुन गिरी- पुरुषप्रधान समाजका धेरै ठाउँको नेतृत्व पुरुषले नै गरिरहेका छन् । राजनीतिमा त अझ बढी हाबी छ पुरुष नेतृत्व । हालै सम्पन्न स्थानीय चुनावको विवरण पल्टाएर हेर्ने हो भने पोखरा महानगरका ३३ वटा वडामध्ये ३ ठूला पार्टीले ६ वटा वडामा मात्र महिलालाई वडाध्यक्षको उम्मेदवार बनाएका थिए । ती ६ जनामध्ये वडा नं १ मा […]

अाफन्तबाटै दुईपटक जबर्जस्तीपछि बदलिएको बाटो

अर्जुन गिरी- चैत १५ गतेको रात । पेट भोकै थियो उनको । आफैंले पकाएको खाना थियो, तर खाने मन पटक्कै भएन । घडीले रातको १२ बजेको संकेत गरिसकेको थियो । जिउमा बेसरी थकान थियो, सुत्न ओछ्यान थियो, तर आँखामा निद्रा थिएन । दुईजना आफन्त, उनकै छेउमा हाँस्दै रक्सी खाँदै थिए । आँसुले उनको ओछ्यान भिजिसकेको […]

बेग्लै बयान देख्ने आँखाहरु।

"ईमरान खान र तहरीक-ए-ईन्साफ बाट पाकिस्तानिहरु ले धेरै आश राखेका छन्, बुझ्यौ राजन। जतिबेला राम्रा राष्ट्रिय नीति भएका पार्टीहरु र स्वच्छ आचरण भएका नेताहरु हामी कहाँ थिएनन् हामीले सेनाकै सत्ता रुचायौं। विकास कार्यमा सेनाले भ्रष्टाचार नगर्ने हुनाले गर्दा नै हामी निकै हदसम्म संतुष्ट भएका थियौं। नत्र केवल नराम्राहरु मध्ये चुन्ने अवसर पाउनु कुनै पनि राष्ट्र र जनाताका निम्ति दुर्भाग्य हो।" उसले यति भनि नटुंग्याउँदै मैले आफ्नो देश सम्झें। दुर्भाग्यहरुको कस्तो अनुपम् मेल!

म (लघु कथा)

म परैबाट उनिहरुलाई हेरिरहेकी थिएँ, मुस्कुराउँदै। उनीहरु पनि आफ्नै धुनमा खेलिरहेका थिए, रमाउंदै। उनिहरुलाई हेर्दै म यतिसम्म रोमाञ्चित भएछु, मलाई नि कसैले "आमा" भनेर बोलाइदिए हुन्थ्यो जस्तै लाग्न थाल्यो। मैले बिर्सिदिएँ आफैलाई र डुब्न थालेँ सपनाको सन्सारमा। भेटेजतिका कपडाहरु बटुलेर डल्लो बनाएं। कुर्था भित्र हालेर पेट बनाएँ - गर्भवती महिलाको झैं। ऐनामा पेट निकै सुहायो।