Volleyball

यसरी भित्रियो अष्ट्रेलियाको नेपाली समुदायमा हाम्रो राष्ट्रिय खेल भलिबल।

हालै मात्र राष्ट्रिय खेल घोषित भलिबल नेपालका ७५ ओटै जिल्लामा खेलिने लोकप्रिय खेल हो। नेपालमा मात्रै हैन प्रवासमा समेत नेपालीको बसोबास रहेका प्राय देशहरुमा नेपालीहरु एक आपसमा मिलेर भलिबल खेल्छन्। अष्ट्रेलियाको नेपाली समुदायमा चाहीं यो खेल कहिलेदेखि र कसरि भित्रियो ? सुन्नुहोस् आदरणीय टिका कार्कीको सम्झनामा अष्ट्रेलियाको नेपाली समुदायमा भलिबलको विकास। (64)

माल्दिभ्समा हुने भलिबलको लागी नेपाली टिमलाई विदाइ

काठमाडौं, ६ चैत माल्दिभ्सको मालेमा आयोजना हुन लागेको सिनियर एसियन सेन्ट्रल जोन च्याम्पियनसिपमा सहभागी हुन जाने नेपाली भलिबल टोलीको आज बिदाइ गरिएको छ । बुधबारदेखि सुरु हुन लागेको च्याम्पियनसिपमा नेपालले आयोजक माल्दिभ्ससहित तुर्कमेनिस्तान र किर्गिस्तानको सामना गर्नेछ । सेटर इम राना मगरको कप्तानीमा रहेको नेपाली टोलीमा मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट, कुलबहादुर थापा र दिल सुनार […]