Cricket

नेपाली क्रिकेट खेलाडीलाई आईसीसीले तलब खुवाउने

नेपाली क्रिकेट खेलाडीलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) आफैंले तलब खुवाउने भएको छ । बिहीबार दुबईमा सम्पन्न आईसीसीको बोर्ड तथा समितिहरूको बैठकले नेपाली क्रिकेटरहरूलाई तलब खुवाउने निर्णय गरेको हो । आईसीसीले आफ्नो विकास समितिको सिफारिसमा पछिल्लो निर्णय गरेको जनाएको छ ।यद्यपि आईसीसीले कुन कुन खेलाडी र कहिलेको तलब खुवाउने भन्नेबारे भने स्पष्ट पारेको छैन । निलम्बनमा […]

डिपिएलकाे फाइनलमा चौराहा र किङ्ग्स भिड्ने

पारस खड्काको कप्तानीमा रहेको टिम चौराहा धनगढी प्रिमियर लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । अब  चौराहाले उपाधिका लागि शनिबार शरद भेषावकरको बिराटानगर किङ्ग्ससँग खेल्नेछ । बिहिबार भएको दोस्रो क्वालिफायरमा टिम चौराहाले शक्ति गौचनको कप्तानीमा रहेको रुपन्देही च्यालेन्जर्सलाई ९२ रनले हरायो । समूह चरणका ५ मध्ये मात्र दुई खेल जितेको टिम चौराहा रन रेटका अंक […]

रुपन्देहीले काठमाडौंलाई हरायो

धनगढी पि्रमियर लिग क्रिकेटमा रुपन्देही च्यालेन्जर्सले काठमाडौं गोल्डेन्सलाई १५ रनले पराजित गरेको छ । तेश्रो जितसँगै रुपन्देही च्यालेन्जर्स अंक तालिकाको शीष स्थानमा कायमै छ भने गोल्डेन्स दोश्रो स्थानमा छ । सेती अञ्चल प्रहरी मैदानमा टस जितेर ब्याटिङ रोजेको रुपन्देहीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर१ सय ३५ रन बनायो । उसको लागि नुरधोज सेनले सर्बाधिक […]

डिपिएलमा चौराहालाई हराउँदै कञ्चनपुरकाे पहिलाे जित

धनगढी प्रिमियर लिग क्रिकेट डिपिएलमा धनगढी टिम चौराहालाई ११ रनले हराउँदै कञ्चनपुर आइकोनिकले लिगमा पहिलो जित आत्मसाथ गरेको छ । राष्ट्रिय टोलीका कप्तान पारस खड्का नेतृत्वको चौराहाले लिगमा लगातार दोस्रो पराजय ब्यहोरेको हो । कञ्चनपुर यसअघिका दुवै खेलमा पराजित भएको थियो । सेती अञ्चल प्रहरी मैदान धनगढीमा टस जितेर पहिले ब्याटिङ गरेको कञ्चनपुरले निर्धारित ओभरमा […]

अत्तरियालाई १ सय ३० रनको लक्ष्य

सगरमाथा धनगढी प्रिमियर लिग (डीपीएल) अन्तर्गत अाजको पहिलो खेलमा रुपन्देही च्यालेन्जर्सले सीवाइसी अत्तरियालाई १ सय ३० रनको लक्ष्य दिएको छ । अाज बिहान एसएसपी क्रिकेट मैदान धनगढीमा भएको खेलमा टस जितेर व्याटिङ गरेको रुपन्देहीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २९ रन बनाउन सफल भयो । सीवाइसीको तर्फबाट विनोद लामा र प्रदीप ऐरीले २/२ […]

डीपीएलमा अत्तरीया र रुपन्देहीको विजयी सुरुवात

सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) को आज भएका खेलमा सीवाईसी अत्तरिया र रुपन्देही च्यारेन्जर्सले जित हासिल गरेका छन । अत्तरीयाले काठमाण्डौ गोल्डेन्सलाई र रुपन्देहीले कञ्चनपुर आईकोनिकलाई हराउदै लिगमा विजयी सुरुवात गरेका हुन । धनगढी प्रिमियर लिगको आज भएको पहिलो खेलमा गत वर्ष भएको धनगढी क्रिकेट लिगको उप विजेता भएको सिवाईसी अत्तरीयाले काठमाडौं गोल्डेन्सलाई ४० […]