Sports

यसरी भित्रियो अष्ट्रेलियाको नेपाली समुदायमा हाम्रो राष्ट्रिय खेल भलिबल।

हालै मात्र राष्ट्रिय खेल घोषित भलिबल नेपालका ७५ ओटै जिल्लामा खेलिने लोकप्रिय खेल हो। नेपालमा मात्रै हैन प्रवासमा समेत नेपालीको बसोबास रहेका प्राय देशहरुमा नेपालीहरु एक आपसमा मिलेर भलिबल खेल्छन्। अष्ट्रेलियाको नेपाली समुदायमा चाहीं यो खेल कहिलेदेखि र कसरि भित्रियो ? सुन्नुहोस् आदरणीय टिका कार्कीको सम्झनामा अष्ट्रेलियाको नेपाली समुदायमा भलिबलको विकास। (63)

खेलकुद अस्पताल र विश्वविद्यालय निर्माण गर्ने

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १०८ औं बोर्ड बैठकले खेलकुद अस्पताल र खेलकुद विश्वविद्यालय निर्माण गर्ने निर्णय गरेको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीको अध्यक्षतामा शनिबार बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले आठौं राष्ट्रिय खेलकुद हालकै संरचना कायम रहेको अवस्थामा मध्यपश्चिमाञ्चलमा गर्ने निर्णयलाई अनुमोदन गरेको […]

एसियाली यु–१२ टेनिस च्याम्पियनसिप भोलिदेखि

अखिल नेपाल लनटेनिस संघ (एएनएलटीए) को आयोजनामा आईटीएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपको दक्षिण एसियाली छनोट प्रतियोगिता सोमबारदेखि सुरु हुँदैछ ।प्रतियोगितामा दक्षिण एसियाका नेपालसहित बंगलादेश, भुटान, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंका गरी ७ राष्ट्रका २० ब्वाइज र १७ गल्र्स गरी ३७ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । ब्वाइजमा ७ तथा गल्र्समा ६ राष्ट्रको समहभागिता रहने छ । नेपाल, […]

नेपाली क्रिकेट खेलाडीलाई आईसीसीले तलब खुवाउने

नेपाली क्रिकेट खेलाडीलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) आफैंले तलब खुवाउने भएको छ । बिहीबार दुबईमा सम्पन्न आईसीसीको बोर्ड तथा समितिहरूको बैठकले नेपाली क्रिकेटरहरूलाई तलब खुवाउने निर्णय गरेको हो । आईसीसीले आफ्नो विकास समितिको सिफारिसमा पछिल्लो निर्णय गरेको जनाएको छ ।यद्यपि आईसीसीले कुन कुन खेलाडी र कहिलेको तलब खुवाउने भन्नेबारे भने स्पष्ट पारेको छैन । निलम्बनमा […]

ज्लातान, रुनी र पोग्बा बिनाको युनाइटेडलाई सिटीले हराउन सकेन।

म्यानचेस्टर सिटीको घरेलु मैदान इथियाड स्टेडियममा सम्पन्न म्यानचेस्टर डर्बी गोलरहित बराबरीमा टुङ्गिएको छ। इङ्ग्लिस प्रिमियर लिग अन्तर्गतको खेलको ८४ औं मिनेटमा युनाइटेडका लेफ्ट ब्याक मरूउने फेलाइनीले दोहोरो पहेंलो कार्ड खाँदै मैदान बाहिरिए पछि लगभग १२ मिनेट १० खेलाडीमा सिमित युनाइटेडलाई सिटीले हराउन सकेन। ६९ % बल पोसेसनमा खेलेको म्यानचेस्टर सिटीले थुप्रै गोल गर्ने अवसरहरुको सिर्जना […]

क्रिष्टल प्यालेसले लिभरपुललाई उसकै घरमा हरायो।

अप्रत्यासित नतिजा निकाल्दै रेलिगेसन जोन नजिक संघर्ष गरिरहेको क्रिष्टल प्यालेसले ईङ्ग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा रहेको लिभरपुललाई २-१ गोल अन्तरले हराएको छ। प्यालेसको जितमा बेल्जियन स्ट्राइकर क्रिश्टियन बेन्टेके नायक बने। लिभरपुल विरुद्धका दुवै गोल बेन्टेकेले गरेका हुन्। खेलको २४ औं मिनेटमा कटिन्होले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए पनि ४३ औं मिनेटमा गोल फर्काउँदै बेन्टेकेले बराबरी […]