Home Sport

Sport

खेलकुद अस्पताल र विश्वविद्यालय निर्माण गर्ने

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १०८ औं बोर्ड बैठकले खेलकुद अस्पताल र खेलकुद विश्वविद्यालय निर्माण गर्ने निर्णय गरेको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीको अध्यक्षतामा शनिबार बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले आठौं राष्ट्रिय खेलकुद हालकै संरचना कायम रहेको अवस्थामा मध्यपश्चिमाञ्चलमा गर्ने निर्णयलाई अनुमोदन गरेको […]

एसियाली यु–१२ टेनिस च्याम्पियनसिप भोलिदेखि

अखिल नेपाल लनटेनिस संघ (एएनएलटीए) को आयोजनामा आईटीएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपको दक्षिण एसियाली छनोट प्रतियोगिता सोमबारदेखि सुरु हुँदैछ ।प्रतियोगितामा दक्षिण एसियाका नेपालसहित बंगलादेश, भुटान, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंका गरी ७ राष्ट्रका २० ब्वाइज र १७ गल्र्स गरी ३७ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । ब्वाइजमा ७ तथा गल्र्समा ६ राष्ट्रको समहभागिता रहने छ । नेपाल, […]

नेपाली क्रिकेट खेलाडीलाई आईसीसीले तलब खुवाउने

नेपाली क्रिकेट खेलाडीलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) आफैंले तलब खुवाउने भएको छ । बिहीबार दुबईमा सम्पन्न आईसीसीको बोर्ड तथा समितिहरूको बैठकले नेपाली क्रिकेटरहरूलाई तलब खुवाउने निर्णय गरेको हो । आईसीसीले आफ्नो विकास समितिको सिफारिसमा पछिल्लो निर्णय गरेको जनाएको छ ।यद्यपि आईसीसीले कुन कुन खेलाडी र कहिलेको तलब खुवाउने भन्नेबारे भने स्पष्ट पारेको छैन । निलम्बनमा […]

डिपिएलकाे फाइनलमा चौराहा र किङ्ग्स भिड्ने

पारस खड्काको कप्तानीमा रहेको टिम चौराहा धनगढी प्रिमियर लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । अब  चौराहाले उपाधिका लागि शनिबार शरद भेषावकरको बिराटानगर किङ्ग्ससँग खेल्नेछ । बिहिबार भएको दोस्रो क्वालिफायरमा टिम चौराहाले शक्ति गौचनको कप्तानीमा रहेको रुपन्देही च्यालेन्जर्सलाई ९२ रनले हरायो । समूह चरणका ५ मध्ये मात्र दुई खेल जितेको टिम चौराहा रन रेटका अंक […]

नेपालमै पहिलाे पटक पोखरामा स्केटिङ ट्रेनिङ सेन्टर

नेपालमै पहिलाे पटक पाेखरामा सार्वजनिक ठाँउमा स्केटिङ ट्रेनिङ सेन्टर बन्दै छ ।  रंगशालामा स्केट पार्क(स्केटिङ खेलस्थल) निर्माण गरिएको छ । निर्माणको जिम्मेवारी भने पुरै विदेशीहरुले लिएका छन् । १२ देशका विदेशीहरुले श्रमदनमा नियमित आठघण्टा काम गरिरहेको छ । तीन वर्षपछि जापानमा ग्रीष्मकालिन ओलम्पिक हुदैं छ । त्यही ओलम्पिकमा पहिलो पटक स्केटिङ खेललाई पनि अफिसियल खेलको रुपमा समावेश गरिएको छ […]

रुपन्देहीले काठमाडौंलाई हरायो

धनगढी पि्रमियर लिग क्रिकेटमा रुपन्देही च्यालेन्जर्सले काठमाडौं गोल्डेन्सलाई १५ रनले पराजित गरेको छ । तेश्रो जितसँगै रुपन्देही च्यालेन्जर्स अंक तालिकाको शीष स्थानमा कायमै छ भने गोल्डेन्स दोश्रो स्थानमा छ । सेती अञ्चल प्रहरी मैदानमा टस जितेर ब्याटिङ रोजेको रुपन्देहीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर१ सय ३५ रन बनायो । उसको लागि नुरधोज सेनले सर्बाधिक […]

डिपिएलमा चौराहालाई हराउँदै कञ्चनपुरकाे पहिलाे जित

धनगढी प्रिमियर लिग क्रिकेट डिपिएलमा धनगढी टिम चौराहालाई ११ रनले हराउँदै कञ्चनपुर आइकोनिकले लिगमा पहिलो जित आत्मसाथ गरेको छ । राष्ट्रिय टोलीका कप्तान पारस खड्का नेतृत्वको चौराहाले लिगमा लगातार दोस्रो पराजय ब्यहोरेको हो । कञ्चनपुर यसअघिका दुवै खेलमा पराजित भएको थियो । सेती अञ्चल प्रहरी मैदान धनगढीमा टस जितेर पहिले ब्याटिङ गरेको कञ्चनपुरले निर्धारित ओभरमा […]

अत्तरियालाई १ सय ३० रनको लक्ष्य

सगरमाथा धनगढी प्रिमियर लिग (डीपीएल) अन्तर्गत अाजको पहिलो खेलमा रुपन्देही च्यालेन्जर्सले सीवाइसी अत्तरियालाई १ सय ३० रनको लक्ष्य दिएको छ । अाज बिहान एसएसपी क्रिकेट मैदान धनगढीमा भएको खेलमा टस जितेर व्याटिङ गरेको रुपन्देहीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २९ रन बनाउन सफल भयो । सीवाइसीको तर्फबाट विनोद लामा र प्रदीप ऐरीले २/२ […]

डीपीएलमा अत्तरीया र रुपन्देहीको विजयी सुरुवात

सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) को आज भएका खेलमा सीवाईसी अत्तरिया र रुपन्देही च्यारेन्जर्सले जित हासिल गरेका छन । अत्तरीयाले काठमाण्डौ गोल्डेन्सलाई र रुपन्देहीले कञ्चनपुर आईकोनिकलाई हराउदै लिगमा विजयी सुरुवात गरेका हुन । धनगढी प्रिमियर लिगको आज भएको पहिलो खेलमा गत वर्ष भएको धनगढी क्रिकेट लिगको उप विजेता भएको सिवाईसी अत्तरीयाले काठमाडौं गोल्डेन्सलाई ४० […]

अशोक बने मिस्टर हिमालय

अर्जुन गिरी रिभर फिल्ड फिट्नेस, चमतीका अशोक महर्जनले छैटौं मिस्टर हिमालय राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगितामा अशोक पुरुष ७५ केजीमा पहिलो हुँदै बाँकी ५ स्पर्धा विजेता खेलाडीसंग मिस्टर हिमालय उपाधिका लागि भिडेका थिए । त्यस क्रममा उनले ५५ केजीमा पहिलो भएका रत्नश्री जिम, पोखराका कमल […]