News

नदीमा पुल नहुँदाको सास्ती – दिदी पुर्‍याउन गएका तीन भाइ खोलामा हराउँदा सिंगो गाउँ शोकमा।

डिबी विष्ट – उज्यालो – बझाङ असार २७ – दिदीको घरबाट आफ्नो घर फर्कने क्रममा तीन बालक सेती नदी घाट गंगामा परी हराएका छन् । माइत आएकी दिदीलाई पुर्याउन गएर फर्कंदा उनीहरुलाई नदीले बगाएको हो । काँडा गाउँपालिका वडा नम्बर २ का कक्षा १० मा पढ्ने १७ वर्षका धिरेन्द्र बोहरा, कक्षा ८ मा पढ्ने १५ […]

अष्ट्रेलियाको अन्तराष्ट्रिय विद्यार्थी संगठनको अध्यक्षमा नेपाली विद्यार्थी निर्वाचित।

अष्ट्रेलियामा अध्यनरत अन्तराष्ट्रिय विद्यार्थीहरुको संगठन “काउन्सिल अफ इन्टरनेसनल स्टुडेण्ट्स”को अध्यक्ष पदमा नेपाली विद्यार्थी विजय सापकोटा निर्वाचित भएका छन्। सापकोटा, सिड्नी स्थित यु.टि.एस विश्वविद्यालयका इञ्जिनियरिङ्ग विषयमा अध्यनरत छन्। अष्ट्रेलियाको विद्यार्थी समुदायमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका सापकोटालाई यस अघि एन.एस.डव्लु राज्य सरकारले स्टुडेण्ट अफ द ईयर – २०१६ अवार्डले समेत सम्मानित गरिसकेको छ। सापकोटाले यु.टि.एस विश्वविध्यायको […]

काठमाडौँमा युवतीहरुको ग्यांग-फाइटमा छुरा प्रहार हुँदा एक युवती गम्भीर घाइते।

फेसबुकमा भएको गालीगलौजको विषयमा दुई युवतीहरुको समूहवीच ग्याङ फाइट हुँदा ललितपुरको सातदोबाटोमा एक युवती गम्भीर घाइते भएकी छन् । मंगलबार राती सातदोबाटो चोकमा सलिना राई र कोपिला गिरीको समूहवीचको ग्याङ-फाइटमा भएको छुरा प्रहारबाट काभ्रे, बनेपा बस्ने १७ वर्षीया कोपिला गिरी गम्भीर घाइते भएकी हुन्। सातदोबाटोका डिएसपी रामेश्वर यादवका अनुसार फेसबुकमा भएको गालीगलौजको विषयमा बानेश्वर बस्ने […]

एसइईमा प्राक्टिकलको दुरुपयोग !

अर्जुन गिरी- माध्यमिक शिक्षा परीक्षा ‘एसइई’ मा निजी स्कुलका विद्यार्थीले प्रयोगात्मकतर्फ निकै धेरै नम्बर पाएका छन् । तर सैद्धान्तिकतर्फ भने उनीहरुको प्राप्तांक कम छ । शुक्रबार प्रकाशित नतिजा हेर्दा पोखराका अधिकांश निजी विद्यालयका विद्यार्थीको प्राप्तांक त्यस्तो देखिन्छ ।  ‘आफ्नो हात जगन्नाथ’ भने जस्तै निजी विद्यालयले अति कमजोर विद्यार्थीलाई पनि प्रयोगात्मकतर्फ पुरै अंक दिएको पाइएको छ […]

मुस्ताङ लैजान लागेका ७ बालबालिकको उद्धार

पारिपारिक विखन्डन र गरिबीको चपेटा । परिवारमा सधैं किचलो । मिठो मसिनो खान पाउनको साटो बाबुआमाको कुटाइ । यस्तै बालबालिकाको खोजीमा पोखरामा विभिन्न गिरोह नै सक्रिय छन् । यस्तै १ गिरोहले पोखरा आसपासबाट १४ वर्ष मुनिका ७ बालबालिका जम्मा ग¥यो । राम्रो कपडा लगाउन र मिठो खान पाइने लोभमा परेका उनीहरु केही दिन मख्ख परे […]

ओम र मनास्लुको एकीकृत कारोबार 

ओम डेभलपमेन्ट बैंक लिमिटेड र मनास्लु विकास बैंक आपसमा गाभिएर एकीकृत कारोबार सुरु गरेका छन् । राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले  ओम र मनास्लुको संयुक्त कारोबार शुभारम्भको शुक्रबार उद्घाटन गरे । राष्ट्र बैंकले यही असारभित्र पु¥याउन भनेको साढे २ अर्ब चुक्ता पुँजीको लक्ष्य चुम्न ओमलाई अब समस्या नहुने भएको छ । ३० प्रतिशत हकप्रद […]

बैंक ठगीमा थप ३ कर्मचारी पक्राउ

अर्जुन गिरी- २२ जेठ २०७३ मा पोखराकै १ सहकारीको नाममा भएको चेक लिएर ग्राहक कैलाश विकास बैंकको न्युरोड शाखामा पुगे । २० लाख रुपैयाँ भुक्तान लिन अन्तिममा ४६ नम्बर भएको चेक लिएर उनी त्यहाँ पुगेका थिए । उक्त नम्बरको चेकबाट पहिला नै लामाचौर शाखाबाट रकम भुक्तानी भएको बैंकको सिस्टममा देखियो । टेलरका कर्मचारीले लामाचौर शाखाका […]