Nepal

ओम र मनास्लुको एकीकृत कारोबार 

ओम डेभलपमेन्ट बैंक लिमिटेड र मनास्लु विकास बैंक आपसमा गाभिएर एकीकृत कारोबार सुरु गरेका छन् । राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले  ओम र मनास्लुको संयुक्त कारोबार शुभारम्भको शुक्रबार उद्घाटन गरे । राष्ट्र बैंकले यही असारभित्र पु¥याउन भनेको साढे २ अर्ब चुक्ता पुँजीको लक्ष्य चुम्न ओमलाई अब समस्या नहुने भएको छ । ३० प्रतिशत हकप्रद […]

बैंक ठगीमा थप ३ कर्मचारी पक्राउ

अर्जुन गिरी- २२ जेठ २०७३ मा पोखराकै १ सहकारीको नाममा भएको चेक लिएर ग्राहक कैलाश विकास बैंकको न्युरोड शाखामा पुगे । २० लाख रुपैयाँ भुक्तान लिन अन्तिममा ४६ नम्बर भएको चेक लिएर उनी त्यहाँ पुगेका थिए । उक्त नम्बरको चेकबाट पहिला नै लामाचौर शाखाबाट रकम भुक्तानी भएको बैंकको सिस्टममा देखियो । टेलरका कर्मचारीले लामाचौर शाखाका […]

बिजुली पोलमा होटलका मेनु

सुरेशराज अधिकारी- पोखराका सडकमा हिँड्दै गर्दा अनौठा अनौठा कुरा तपाईंले देख्नुहुनेछ । यतिसम्म कि सडकबाटै तपाइँले होटलका मेनु पाउनुहुनेछ । होटल छिर्दा वेटरले मेनु तेस्र्याएर अर्डर माग्छ । तर, पोखरामा परिकारको मूल्य थाहा पाउन बिजुलीका पोलतीर हेरे पुग्छ ।  चिप्लेढुंगा–महेन्द्रपुलतिर पुग्नु भो भने सडकमा ठड्याइएका बिजुलीको पोलबाटै कति रुपैयाँमा के खाने हो भन्ने होटलका परिकारका […]

विकासे कार्यालय स्थानीय तह मातहत आउने

जिल्ला पशु सेवा कार्यालय कास्कीमा  पुगेका सेवाग्राही आउने वर्षलाई अनुदानको कुरा गर्दै थिए । सेवाग्राहीका समस्या सुनिसकेपछि कार्यालय प्रमुख डा. पुरुषोत्तम त्रिपाठीको उत्तर थियो, ‘अहिलेकै अवस्थामा हामी रह्यौं भने पक्कै काम हुन्छ, नत्र भने भन्न सकिन्न ।’ परिवर्तित संरचनामा जिल्लास्थित अधिकांश जिल्ला कार्यालय स्थानीय तहकै मातहतमा रहने कानुनी व्यवस्था छ । तर कुन कार्यालयले कसरी […]

कतारमा इरानी विमानबाट खाद्यान्न

क्षेत्रीय नाकाबन्दीका कारण अभाव खेपिरहेको कतारका लागि इरानले ५ वटा विमान खाद्यान्न पठाएको छ । इरानको मुख्य विरोधी साउदी अरबसहित केही मुलुकले कतारसँग सम्बन्ध तोडेका छन् । कतारले आतंकवादलाई सहयोग पु¥याएको उनीहरुको आरोप छ, जुन कतारले अस्वीकार गर्दै आएको छ । कतारमा आउने खाद्यान्नको ४० प्रतिशत उसको जमिन जोडिएको छिमेकी साउदीबाट आउँथ्यो । इरान एअरका […]

जोगिएला शीतलमार्ग बस्ती ?

गोविन्द सुवेदी- छोरेपाटन शीतलमार्गका मोहनबहादुर विश्वकर्मा यो बर्खामा आफ्नो घर डुबान पर्दैन कि भन्ने आशामा छन् । पोहोर असारमा परेको पानीले शीतलमार्ग र आसपासका दर्जनभन्दा बढी घर डुबानमा पा¥यो । स्थानीय संगठित भए अनि खोजे बस्ती जोगाउने उपाय । नगरपालिका, जिविस मात्र नभएर अर्थ मन्त्रालयसम्म पुगे उनीहरु । बस्ती नै खतरामा परेपछि जोगाउन अर्थ मन्त्रालयले […]

शर्मालाई थप ६ दिन थुनामा राख्न निर्देशन

भ्रष्टाचार अभियोगमा पक्राउ परेका आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई थप ६ दिन थुनामा राखी अनुसन्धान गर्न विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुमति दिएको छ ।अनुसन्धानको प्रकृति, गम्भीरता र जटिलतालाई हेरेर शर्मामाथि थप अनुसन्धान गर्न ६ दिनको म्याद थप गरिएको विशेष अदालतका रजिस्ट्रार भीमकुमार श्रेष्ठले जानकारी दिए । अख्तियारले शर्मामाथि अनुसन्धान गर्न एक […]

पोखरामा कार्यपालिका सदस्य निर्वाचित

पोखरा महानगरपालिका कार्यपालिकाको  निर्वाचनमा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । एमालेबाट कार्यपालिकामा ५ महिला सदस्य, दलित अल्पसंख्यकबाट ३ गरी ८ जना निर्वाचित भएका हुन् ।  एमालेका महिला सदस्यका उम्मेदवारहरु राधिकाकुमारी शाही योगीले १ सय १९, सन्तुदेवी सुवेदीले १ सय १९, मनभुजा विकले १ सय १९ पुष्पा पहारी घलेले १ सय १९ र यशोधा […]

मनिपाल घटना छानबिन गर्न समिति

मनिपालमा सुत्केरी आमा र नवजात शिशुको मृत्यु घटना छानबिन गर्न जिल्ला प्रशासन कार्यालय कास्कीको अगुवाईमा छानबिन समिति गठन गरिएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका वरिष्ठ प्रसूति रोग विशेषज्ञ डेलासिंह शर्माको संयोजकत्वमा ३ सदस्यीय समिति  गठन गरी  ३ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिए । समितिमा उपभोक्ता मञ्च कास्की […]

राजपा चुनावमा आउने दैलो उघ्रियो

मधेसी मोर्चाको प्रमुख घटक राष्ट्रिय जनता पार्टी नेपालको माग बमोजिम सरकारले दल दर्ता र निर्वाचन चिह्न उपलब्ध गराउने बाटो फुकाइदिएको छ । संसदमा दर्ता भएको स्थानीय तह निर्वाचन स्म्बन्धी ऐनमा संशोधन गर्न बनेको विधेयक बिहीबारको संसदमा बहुमतले पारित गरेपछि नवगठित एकीकृत पार्टी राजपालाई निर्वाचन आयोगमा दर्ता गर्न देखिएको कानुनी अड्न हटेको हो । संसद बैठकमा […]