Blog

विकासे कार्यालय स्थानीय तह मातहत आउने

जिल्ला पशु सेवा कार्यालय कास्कीमा  पुगेका सेवाग्राही आउने वर्षलाई अनुदानको कुरा गर्दै थिए । सेवाग्राहीका समस्या सुनिसकेपछि कार्यालय प्रमुख डा. पुरुषोत्तम त्रिपाठीको उत्तर थियो, ‘अहिलेकै अवस्थामा हामी रह्यौं भने पक्कै काम हुन्छ, नत्र भने भन्न सकिन्न ।’ परिवर्तित संरचनामा जिल्लास्थित अधिकांश जिल्ला कार्यालय स्थानीय तहकै मातहतमा रहने कानुनी व्यवस्था छ । तर कुन कार्यालयले कसरी […]

पोखरामा कार्यपालिका सदस्य निर्वाचित

पोखरा महानगरपालिका कार्यपालिकाको  निर्वाचनमा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । एमालेबाट कार्यपालिकामा ५ महिला सदस्य, दलित अल्पसंख्यकबाट ३ गरी ८ जना निर्वाचित भएका हुन् ।  एमालेका महिला सदस्यका उम्मेदवारहरु राधिकाकुमारी शाही योगीले १ सय १९, सन्तुदेवी सुवेदीले १ सय १९, मनभुजा विकले १ सय १९ पुष्पा पहारी घलेले १ सय १९ र यशोधा […]

मनिपाल घटना छानबिन गर्न समिति

मनिपालमा सुत्केरी आमा र नवजात शिशुको मृत्यु घटना छानबिन गर्न जिल्ला प्रशासन कार्यालय कास्कीको अगुवाईमा छानबिन समिति गठन गरिएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका वरिष्ठ प्रसूति रोग विशेषज्ञ डेलासिंह शर्माको संयोजकत्वमा ३ सदस्यीय समिति  गठन गरी  ३ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिए । समितिमा उपभोक्ता मञ्च कास्की […]

राजपा चुनावमा आउने दैलो उघ्रियो

मधेसी मोर्चाको प्रमुख घटक राष्ट्रिय जनता पार्टी नेपालको माग बमोजिम सरकारले दल दर्ता र निर्वाचन चिह्न उपलब्ध गराउने बाटो फुकाइदिएको छ । संसदमा दर्ता भएको स्थानीय तह निर्वाचन स्म्बन्धी ऐनमा संशोधन गर्न बनेको विधेयक बिहीबारको संसदमा बहुमतले पारित गरेपछि नवगठित एकीकृत पार्टी राजपालाई निर्वाचन आयोगमा दर्ता गर्न देखिएको कानुनी अड्न हटेको हो । संसद बैठकमा […]

प्रधानन्यायशीस सुशीलाको अवकास

प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध दर्ता गरिएको महाअभियोग प्रस्ताव औपचारिक रुपमा व्यवस्थापिका संसदबाट फिर्ता भएको छ । कांग्रेसका मीन विश्वकर्मा र माओवादी केन्द्रका टेकबहादुर बस्नेतले दर्ता गराएको महाअभियोग प्रस्ताव मंगलबार औपचारिक रुपमा फिर्ता भएको हो ।सभामुख ओनसरी घर्तीले प्रस्ताव फिर्ताका लागि सहमति जनाइदिन राखेको प्रस्तावलाई संसदले सहमति जनाएको थियो । सभामुख कार्की माथि लगाइएको महाअभियोग प्रस्ताव […]

सत्तामा चौथोपटक देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा व्यवस्थापिका संसदमा मंगलबार भएको निर्वाचनमा ३ सय ८८ मत ल्याएर प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । २०५२ मा पहिलोपटक प्रधानमन्त्री बनेका देउवाको यो चौथो कार्यकाल हो । दोस्रो जनआन्दोलनपछि स्थापित गणतन्त्रको यो १० वर्षमा बनेका उनी दसौं प्रधानमन्त्री हुन् । प्रधानमन्त्रीको व्यवस्था हुन थालेयता भने उनी मुलुकका ४० औं प्रधानमन्त्री भएका […]

प्रधानन्यायाधीश कार्कीले आफैंले नाम सिफारिस गरिन्

न्यायपरिषदको बैठक बस्न नसकेपछि प्रधानन्यायाधीश सुशीला कार्कीले भावी प्रधानन्यायाधीका लागि आफैंले नाम सिफारिस गरेर पठाएकी छन्। कार्कीले आफ्नो कार्यकालको अन्तिम दिन अाज (मंगलबार) प्रधानन्यायाधीश हुन योग्य सर्वोच्च अदालतका छ जना न्यायाधीशको नाम सिफारिस गरेर संवैधानिक परिषदमा पठाएकी हुन्।  संवैधानिक परिषद्का अध्यक्षलाई सम्बोधन गरी पठाइएको यो सिफारिसपत्र परिषद सचिवालयमा दर्ता भइसकेको छ। न्यायाधीश गोपाल पराजुली, दीपकराज […]

देशले अाज नयाँ प्रधानमन्त्री पाउँदै

व्यवस्थापिका संसद्‍मा अाज बहुमतीय प्रक्रियाबाट नयाँ प्रधानमन्त्री चयन हुँदैछन् । लगातार संसद् अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी नेकपा एमाले सदन खोल्न राजी भएपछि प्रधानमन्त्री चयन गर्ने बाटो खुलेको हो।योसँगै प्रधानमन्त्री पदका एक्ला उम्मेदवार कांग्रेस सभापति शेरबहादुर देउवा मुलुकको नयाँ कार्यकारी प्रमुख बन्ने निश्चित जस्तो देखिन्छ। देउवा सम्भवतः १२ वर्षपछि अाज पुनः प्रधानमन्त्री हुनेछन् ।देउवाका समर्थक […]