International

पाकिस्तानी पूर्वकर्णेल अझै फेला परेनन्

भारतसँग सीमा जोडिएको लुम्बिनी क्षेत्रबाट गत बिहीबाररदेखि हराइरहेको भनिएका एकजना अवकाशप्राप्त पाकिस्तानी सैनिक अधिकारीको खोजी तीव्र पारिएको बताइएपनि भैरहवास्थित गौतम बुद्ध विमानस्थलवाट बाहिरिएपछिको उनको पछिल्लो अवस्थाबारे हालसम्म कुनै संकेत फेला नपरेको अधिकारीहरुले बताएका छन्। झण्डै तीन वर्षअघिमात्र पाकिस्तानी सेनाबाट अवकाशप्राप्त लेफ्टिनेन्ट कर्णेल मोहम्मद हबिब जाहिर रोजगारीका लागि अन्तर्वार्ता दिन ओमान भएर काठमाण्डु आएलगत्तै भैरहवा विमानस्थालमा […]

अमेरिकासँग युद्ध गर्न तयार कोरिया

उत्तर कोरियाले अमेरिकाले युद्ध चाहेको भए आफू त्यसका लागि तयार रहेको चेतावनी दिएको छ । कोरियाली प्रायद्वीपमा लडाकू विमान तैनाथ गर्ने अमेरिकाको निर्णयप्रति कडा जवाफ दिँदै उत्तर केरियाले यस्तो चेतावनी दिएको हो । अमेरिकाले ९ अप्रिलमा दक्षिण कोरियामा कार्ल विन्सन स्ट्राइक ग्रुप नामक आफ्नो युद्ध पठाएको थियो ।उत्तर कोरियली विदेश मन्त्रालयका प्रबक्ताले भनेका छन्, ‘कोरियाली […]

लादेनलाई टाउकोमा ३ गोली हानेको दावी

आतंकवादी संगठन अलकायदाका प्रमुख ओसामा बिन लादेनको टाउकोमा तीन गोली हानेको दावी गर्ने अमेरिकी पूर्व नेवी सिल्ड कमाण्डो रोबर्ट ओ नीलले अर्को आश्यर्चजनक खुलासा गरेका छन्।  उनले भर्खरै सार्वजनिक आफ्नो किताब ‘दि अपरेटरः फायरिङ द सर्टस द्याट किल्ड बिन लादेन’ मा आफूले हानेको गोलीले लादेनको टाउको फुटेको र पछि अनुसन्धानका क्रममा पहिचानका लागि पुनः टाउको […]

पाकिस्तानी कर्णेल लुम्बिनीबाट बेपत्ता भएपछि

पाकिस्तानी सेनाका पूर्व लेफ्टिनेन्ट कर्णेल मोहम्मद हबिब लुम्बिनीबाट हराएको सम्बन्धमा नेपाल प्रहरीले खोजीकार्य अगाडि बढाएको छ। पाकिस्तानी दूतावासले उनको खोजीका सम्बन्धमा नेपाल सरकारलाई शुक्रबारै जानकारी गराइसकेपछि नेपाल प्रहरी खोजीमा जुटेको हो। स्रोतका अनुसार नेपाल प्रहरीको विशेष ब्यूरो, क्षेत्रीय प्रहरी कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रहरी टोली हबिबको खोजीमा जुटेका छन्। प्रहरी केन्द्रीय प्रवक्ता […]

विन्डोज एक्सपीको वाल पेपरको रहस्य यस्ताे

कम्प्युटरको पुराना प्रयोगकर्ता हुनुहुन्छ भने यो फोटोले तपाईलाई बिगततिर फर्काउन सक्छ, जतिबेला तपाई किबोर्डमा औंला चलाउन अभ्यास गर्दै हुनुहुन्थ्यो । २००१ मा सार्वजनिक भएको माइक्रोसफ्टको अपरेटिङ सिस्टम विन्डोज एक्सपीमा यो फोटो देखिन्थ्यो । माइक्रोसफ्टले यसलाई ‘डिफल्ट डेक्सटप इमेज’ को रुपमा राखेको थियो । उक्त फोटो कैयौंले देखेपनि त्यसबारे खासै चासो राखिएको थिएन । अहिले भने […]

कुनै समय याैन शाेषण र बलात्कारमा परेका विश्वप्रसिध्द सेलेब्रिटीहरु

ओप्रा विनफ्रे ‘द ओप्रा विनफ्रे सो’ विश्वप्रसिद्ध टेलिभिजन कार्यक्रम थियो । टेलिभिजनकी प्रसिद्ध हस्ती तथा व्यवसायी ओप्रा विनफ्रे भावुक अन्तर्वार्ताका चर्चित छिन् । अरूका वेदनालाई टेलिभिजनमार्फत देखाउने उनी एक चोटि डेभिड लेटरम्यानको सोमा कुराकानी गर्न पुगेकी थिइन् । अन्तर्वार्तामा उनले बाल्यकालमा आफू यौन शोषणको शिकार भएको बताइन् । एक जना नातेदारले नौ वर्षकै उमेरमा उनलाई […]

पहिरोमा परी तीन सय एक जनाको मृत्यु ( हेर्नुहाेस १० तस्बिरहरु )

कोलम्वियाको दक्षिणी शहर मोकोआमा गत हप्ता आएको बाढीमा ९२ बालबालिकासहित ३०१ जना कोलम्वियालीको मृत्यु भएको यहाँको सरकारले बिहीबार जनाएको छ । गत हप्ता शुक्रबारदेखि सुरु भएको मुसलधारे वर्षासँगै मोकोआ क्षेत्रमा प्रमुख तीन नदीमा आएको बाढी र यसका कारण विभिन्न क्षेत्रमा गएको पहिरोले व्यापक धनजनको क्षति भएको कोलम्वियाको केन्द्रीय विपद् व्यवस्थापन कार्यालयले बताएको छ । उद्धारकार्यमा […]

अष्ट्रेलियामा नेपाली परिकारको अन्तर्राष्ट्रिय प्रवर्द्धन

अष्ट्रेलियाको सिड्नीमा रहेको नेपाली समुदाय यतिबेला अप्रिल ८ को व्यग्र पर्खाइमा बसेको छ । विदेशी परिकारको थरीथरी स्वादमा अलमलिएका नेपालीहरु नेपाली खाना महोत्सवमा स्थानीय स्वादमा जिभ्रो फड्कार्दै रमाउन हतारिएका हुन् । सिड्नीको करिब डेढ सय वर्ष पुरानो इतिहास भएको बेल्मोर पार्कमा यो महोत्सव हुँदै छ । महोत्सवमा स्थानीय परिकारको मज्जा लिन नेपाली समुदाय त झुम्मिने […]

नेपाली कराते टोली अस्ट्रेलिया  जाँदै

अर्जुन गिरी-अस्ट्रेलियाको सिडनी र अमेरिकाको लस भेगासमा हुने दुई छुट्टा छुट्टै अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन नेपाली कराते टोली आज त्यसतर्फ प्रस्थान गर्दैछ । अप्रिल ७ देखि ९ तारिखसम्म हुने अस्ट्रेलिया ओपन करातेको पुरुष ६० केजीमा विजय लामा र ७५ केजीमा श्याम कार्कीले प्रतिस्पर्धा गर्नेछन् । महिलाको ६८ केजीमा सुस्मिता तामाङले नेपालको चुनौती पेश गर्नेछिन् […]

नेपाल पहिलो स्थानमा

काठमाडौं, २० चैत-दक्षिण एसियामा व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने महिलाको संख्यामा नेपाल पहिलो स्थानमा देखिएको छ । इन्टर पार्लियामेन्टरी युनियनले सार्वजनिक गरेको तथ्यांकमा संसदमा प्रतिनिधित्व गर्ने महिला नेपालमा उच्च तहमा रहेको पाइएको हो । युनियनको प्रतिवेदन अनुसार अफगानिस्तान दोस्रो, पाकिस्तान तेस्रो, बंगलादेश चौथो, भारत पाँचौ, भूटान छैटौं, माल्दिभ्स सातौं र श्रीलंका आठौं स्थानमा छन् । विश्वव्यापी […]