International

कोरियाको मिसाइल ध्वस्त पार्न अमेरिकन कमान्डो तयारी

उत्तर कोरियासँग तनाव बढ्दै गएपछि अमेरिका ‘भिड्ने’ मनस्थितिमा पुगेको छ । उत्तरसँगको समस्या सल्टाउन अब वार कि पारको अवस्थामा अमेरिका पुगेको बताउदै राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश अनुसार उक्त निर्णय गरिएको हो । स्पेसल अपरेशन कमान्ड प्रमुख जनरल रेमन्ड ए थोमसले उत्तरले अब कुनै हर्कत गरे आक्रमण गर्न अमेरिको तयार भएको प्रतिक्रिया दिएका छन् । जनरल […]

केएफसी पोखरा लेकसाइडमा

बहुराष्ट्रिय कम्पनी केएफसी रेस्टुरेन्टले पोखरामा शनिबारबाट शाखा सञ्चालनमा ल्याएको छ ।नेपालमा काठमाडौंको दरबारमार्ग र त्रिपुरेश्वरमा सञ्चालित केएफसीले राजधानीबाहिर पहिलो पटक पोखरामा शाखा स्थापना गरेको मार्केटिङ म्यानेजर दीप्सा भट्टले जानकारी दिइन् । देव्यानी इन्टनरनेसनल नेपाल प्रालिले नेपालमा केएफसी सञ्चालन गर्दै आएको छ । काठमाडौंपछि दोस्रो ठूलो बजार भएकाले केएफसीले पोखरालाई रोजेको भट्टले बताइन् । केएफसीको वास्तविक […]

नेपाली बरूणकाे विवाहमा पुगे सलमान खान (हेर्नुहाेस केही तस्बिरहरु )

नेपालका अर्बपति ब्यापारी विनोद चौधरीका कान्छा छोरा वरुण चौधरीको विवाह समारोहमा बलिउड अभिनेता सलमान खान सहभागी भएका छन् . राजस्थानको उदयपुरमा गए राति भएको विवाह समारोहमा सलमानका साथै अर्का अभिनेता शत्रुघन सिन्हा पनि सहभागी भएका थिए। विवाह समारोहमा सलमान करिब एक घन्टा बसेका थिए। उनले पाहुना र आफ्ना प्रशंसकसँग कुरा गरेका थिए।भारतीय अनलाइन न्युज १८ […]

नेपाली क्रिकेट खेलाडीलाई आईसीसीले तलब खुवाउने

नेपाली क्रिकेट खेलाडीलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) आफैंले तलब खुवाउने भएको छ । बिहीबार दुबईमा सम्पन्न आईसीसीको बोर्ड तथा समितिहरूको बैठकले नेपाली क्रिकेटरहरूलाई तलब खुवाउने निर्णय गरेको हो । आईसीसीले आफ्नो विकास समितिको सिफारिसमा पछिल्लो निर्णय गरेको जनाएको छ ।यद्यपि आईसीसीले कुन कुन खेलाडी र कहिलेको तलब खुवाउने भन्नेबारे भने स्पष्ट पारेको छैन । निलम्बनमा […]

अष्ट्रेलियामा सत्यराज र स्वरुपराजकाे कन्सर्ट

नेपाली सुगुम क्षेत्रमा नक्षत्रका रुपमा रहेको सत्यराज र स्वरुपराज आचार्यको मेल्बर्नमा लाइभ कन्सर्ट हुने भएको छ । नेपाली स्रोताका माझ प्रीय यी दुई दाजुभाईको उपस्थितिमा यही अप्रील २८ तारिखमा ‘सही हो’ इभेन्ट्सको आयोजनामा मेल्बर्नमा कन्सर्ट हुन भएको हो । मेल्बर्नको एस्कटभेलमा हुने यो कार्यक्रमलाई सफल पार्न अहिले आयोजकले तयारी तीव्र पारेको छ । अघिल्लो वर्ष […]

अष्ट्रेलियामा पीआर पाएको ४ वर्षपछि मात्रै नागरिकताको आवेदन दिन पाइने

अष्ट्रेलिया सरकारले योग्यता पुगेका विदेशी नागरिकहरुलाई प्रदान गर्दै आएको अष्ट्रेलियन नागरिकता नीतिमा ब्यापक परिवर्तन गरेको छ । प्रधानमन्त्री माल्कम टर्नबलले  बिहीबार चालू नागरिकता नीतिलाई परिमार्जित गर्दै नयाँ नियम लागु गर्ने घोषणा गरेका छन् ।  केही दिनअघि विदेशी दक्ष कामदारहरुलाई प्रदान गर्दै आएको ४५७ भीषा खारेज गरेलगत्तै अष्ट्रेलिया सरकारले नागरिकता वितरण गर्ने नियममा परिवर्तन गरेको हो […]

अमेरिकाविरुद्ध परमाणु हमला गर्ने चेतावनी

अमेरिकाविरुद्ध उत्तर कोरियाका एक उच्च सरकारी अधिकारीले युद्ध गर्न तयार रहेको चेतावनी दिएका छन्। उत्तर कोरियाका उप विदेशमन्त्री हाङ सोङ योलले अमेरिकाले आक्रमण गर्न लागेको सङ्केत पाउने वित्तिकै परमाणु हमला गर्ने चेतावनी दिएको बीबीसीले जनाएको छ। प्योङयाङले साप्ताहिक, मासिक र वार्षिक रुपमा थप क्षेप्यास्त्रहरु परीक्षण समेत गर्ने पनि जनाएको छ।यसअघि अमेरिकी उपरराष्ट्रपति माइक पेन्सले आफ्नो […]

हत्या गरिरहेको दृश्य फेसबुक लाइभ गरेपछि…

अमेरिकाको ओहायो राज्यका प्रहरीले आफूले एक जनाको हत्या गरिरहेको दृश्य फेसबुक लाइभमार्फत सार्वजनिक गर्ने एक जना पुरुषको खोजी गरिरहेको बताएका छन्। क्लिभलेण्ड शहरका अधिकारीहरुले भनेका छन् स्टिभ स्टेफन्स नामक ती व्यक्तिले एक जना वृद्धलाई गोली हानी मारेको भिडियो फेसबुक लाइभमार्फत सार्वजनिक गरेका थिए। एक छुट्टै भिडियोमा ती स्टेफन्स नामक व्यक्तिले आफुले १३ जना मानिसको हत्या […]

अमेरिकाद्वारा अफ्गानिस्तानमा हालसम्मको ठूलो बम आक्रमण।

अमेरिकी सेनाले भर्खरै अफगानिस्तानमा हाल सम्मको सबैभन्दा ठूलो गैर-आणविक बम खसालेको छ। जि.बि.यु-४३/बि नाम गरेको उक्त बम अमेरिकी सेनाले पहिलो पटक प्रयोग गरेको हो। २१००० एल.बी तौल रहेको उक्त बम, “मदर अफ अल बम्ब्स्” भनेर चिनिने गरेको छ। अफ्गानिस्तानको पूर्वी क्षत्रमा आ.एस् लाई निशाना बनाई अमेरिकाले उक्त बम खसालेको हो। गत हप्ता सिरियामा हवाई आक्रमण […]

रूसले दियाे अमेरिकालाई चेतावनी

रूसले सिरियामा फेरि आक्रमण नगर्न अमेरिकालाई चेतावनी दिएको छ । रूस भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनलाई उनका समकक्षी सेर्गेई लाभरोभले उक्त चेतावनी दिएका हुन् ।  ‘यस्ता कारबाही फेरि हुँदैनन् भन्ने हामी विश्वास गर्छौं,’ लाभरोभले भने । उनले ट्रम्प प्रशासनको सिरिया नीतिबारे वासिङ्टनबाट आएका अस्पष्ट सन्देश र राष्ट्रसंघका लागि अमेरिकी दूत निक्की हेलीले सिरियाली राष्ट्रपतिबारे […]