Home छापाबाट साभार

छापाबाट साभार

ग्लोबल कन्सल्ट र रेष्ट ग्रुपले गरे धुर्मुश-सुन्तली मार्फत बाढीपिडितलाई सहयोग।

काठमाडौं,१४ भदौ । अष्ट्रेलियाका लागि एजुकेशन तथा माइग्रेसन भिसामा ख्याती कमाएको ग्लोबल कन्सल्ट र रेष्ट ग्रुपले नेपालको बाढीग्रस्त क्षेत्रमा राहत प्रदान गरेको छन्। ग्लोबल कन्सल्ट र रेष्ट ग्रुपको आयोजनामा केही अघि सिड्नीमा सम्पन्न तीज रमझम साँझबाट संकलित केहि रकममा थप गरेर एक हजार अष्ट्रेलियन डलर बराबरको (८२ हजार रुपयाँ ) सहयोग गरिएको हो। धुर्मुस सुन्तली […]

एक भए साझा र विवेकशील, रन्जु दर्शना अनुपस्थित।

वैकल्पिक राजनीतिक दलका रुपमा उदाउँदै गरेका दुई दल विवेकशील नेपाली र साझा पार्टीबीच अन्तत: एकीकरण भएको छ। एकीकरण पश्चात अब पार्टीको नाम विवेकशील साझा पार्टी रहनेछ। काठमाडौँमा आयोजित एकीकरण घोषणा सभामा विवेकशीलका अध्यक्ष उज्ज्वल थापा र साझा पार्टीका संयोजक रविन्द्र मिश्र एकीकृत पार्टीमा सहसंयोजक रहने बताइयो भने संयोजकको पद भने हाललाई खाली राखिएको छ। विवेकशीलको तर्फबाट […]

अब काठमाडौँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पनि विदेशी एयरपोर्ट जस्तै सफा र व्यवस्थित ।

काठमाडौँ । रासस – असार २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका सुविन साह झुक्किनु भयो । उहाँलाई आफू नेपालमै आइपुगेँ कि कतै ट्रान्जिटमा छु भन्ने लागेछ । छ महिनापछि अष्ट्रेलियाबाट घर फर्किएका उहाँलाई अहिले आफ्नै मुलुकको विमानस्थल यति सफा र व्यवस्थित भएको थाहा रहेनछ । हो, यतिखेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने जो कोहीलाई पनि यस्तै […]

नदीमा पुल नहुँदाको सास्ती – दिदी पुर्‍याउन गएका तीन भाइ खोलामा हराउँदा सिंगो गाउँ शोकमा।

डिबी विष्ट – उज्यालो – बझाङ असार २७ – दिदीको घरबाट आफ्नो घर फर्कने क्रममा तीन बालक सेती नदी घाट गंगामा परी हराएका छन् । माइत आएकी दिदीलाई पुर्याउन गएर फर्कंदा उनीहरुलाई नदीले बगाएको हो । काँडा गाउँपालिका वडा नम्बर २ का कक्षा १० मा पढ्ने १७ वर्षका धिरेन्द्र बोहरा, कक्षा ८ मा पढ्ने १५ […]

उद्दारका लागि प्रहरी समयमै नपुग्दा ४ जना चढेको जीप खोलामा वेपत्ता।

कृष्ण पोखरेल, अन्नपूर्ण पोष्ट ,पाल्पा ‘दाई जिप माडी फाँटको तिनाउ खोलामा फस्यो म श्रीमती सहित पाँच जना छौ चाडो आएर बचाउनुस’ जिप चालक शक्तिले आत्तिदै राती १२ बजेर ५४ मिनेटमा फोन गरेका थिए । तानसेन नगरपालिका वडा नं. १ का चालकका दाजु सम्पूर्ण श्रेष्ठले भन्नुभयो ‘मैले फटाफट प्रहरी प्रशासनमा फोन गरे,प्रहरी प्रशासनले घटनास्थल नजिकै रहेको प्रभास […]