Home Arjun Giri

Arjun Giri

मनिपाल घटना छानबिन गर्न समिति

मनिपालमा सुत्केरी आमा र नवजात शिशुको मृत्यु घटना छानबिन गर्न जिल्ला प्रशासन कार्यालय कास्कीको अगुवाईमा छानबिन समिति गठन गरिएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका वरिष्ठ प्रसूति रोग विशेषज्ञ डेलासिंह शर्माको संयोजकत्वमा ३ सदस्यीय समिति  गठन गरी  ३ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिए । समितिमा उपभोक्ता मञ्च कास्की […]

राजपा चुनावमा आउने दैलो उघ्रियो

मधेसी मोर्चाको प्रमुख घटक राष्ट्रिय जनता पार्टी नेपालको माग बमोजिम सरकारले दल दर्ता र निर्वाचन चिह्न उपलब्ध गराउने बाटो फुकाइदिएको छ । संसदमा दर्ता भएको स्थानीय तह निर्वाचन स्म्बन्धी ऐनमा संशोधन गर्न बनेको विधेयक बिहीबारको संसदमा बहुमतले पारित गरेपछि नवगठित एकीकृत पार्टी राजपालाई निर्वाचन आयोगमा दर्ता गर्न देखिएको कानुनी अड्न हटेको हो । संसद बैठकमा […]

पत्नी हत्या आरोपित सोमले पाए सफाइ

  २०७१ फागुन ३० गते सूर्यको किरण जमिनमा पर्न नपाउँदै पोखरामा सनसनीपूर्ण खबर फैलियो, चिप्लेढुंगा नजिकै पराजुली मार्गको ४ तले घरको छतबाट खसालेर ३२ वर्षे सोमबहादुर सुनारले पत्नीको हत्या गरे । आफू भन्दा १० वर्ष जेठी पत्नी लक्ष्मी अधिकारी सुनारलाई राति १ बजेतिर सोमले छतमा लगेर धकेलेको खबर सुन्नै सबैको आङ नै सिरिंग भयो । […]

‘रोग पत्ता लागेन, पैसा सकियो’

अर्जुन गिरी- मान्छेलाई सकभर रोग नलागोस् भन्ने हुन्छ । रोग लागे पनि ठूलो रोग नलागोस् भन्ने हुन्छ । सानै रोग लागे पनि छिटो निको होस् भन्ने हुन्छ । रोग लागेर उपचार गर्दा भएसम्म रकम खर्च गर्न मान्छे पछि पर्दैनन्, त्यो पनि छिटो निको हुने आशामा । मनिपाल शिक्षण अस्पताल पोखरामा एउटा यस्तो बिरामीको उपचार भइरहेको […]

प्रधानन्यायशीस सुशीलाको अवकास

प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध दर्ता गरिएको महाअभियोग प्रस्ताव औपचारिक रुपमा व्यवस्थापिका संसदबाट फिर्ता भएको छ । कांग्रेसका मीन विश्वकर्मा र माओवादी केन्द्रका टेकबहादुर बस्नेतले दर्ता गराएको महाअभियोग प्रस्ताव मंगलबार औपचारिक रुपमा फिर्ता भएको हो ।सभामुख ओनसरी घर्तीले प्रस्ताव फिर्ताका लागि सहमति जनाइदिन राखेको प्रस्तावलाई संसदले सहमति जनाएको थियो । सभामुख कार्की माथि लगाइएको महाअभियोग प्रस्ताव […]

सत्तामा चौथोपटक देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा व्यवस्थापिका संसदमा मंगलबार भएको निर्वाचनमा ३ सय ८८ मत ल्याएर प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । २०५२ मा पहिलोपटक प्रधानमन्त्री बनेका देउवाको यो चौथो कार्यकाल हो । दोस्रो जनआन्दोलनपछि स्थापित गणतन्त्रको यो १० वर्षमा बनेका उनी दसौं प्रधानमन्त्री हुन् । प्रधानमन्त्रीको व्यवस्था हुन थालेयता भने उनी मुलुकका ४० औं प्रधानमन्त्री भएका […]

प्रधानन्यायाधीश कार्कीले आफैंले नाम सिफारिस गरिन्

न्यायपरिषदको बैठक बस्न नसकेपछि प्रधानन्यायाधीश सुशीला कार्कीले भावी प्रधानन्यायाधीका लागि आफैंले नाम सिफारिस गरेर पठाएकी छन्। कार्कीले आफ्नो कार्यकालको अन्तिम दिन अाज (मंगलबार) प्रधानन्यायाधीश हुन योग्य सर्वोच्च अदालतका छ जना न्यायाधीशको नाम सिफारिस गरेर संवैधानिक परिषदमा पठाएकी हुन्।  संवैधानिक परिषद्का अध्यक्षलाई सम्बोधन गरी पठाइएको यो सिफारिसपत्र परिषद सचिवालयमा दर्ता भइसकेको छ। न्यायाधीश गोपाल पराजुली, दीपकराज […]

देशले अाज नयाँ प्रधानमन्त्री पाउँदै

व्यवस्थापिका संसद्‍मा अाज बहुमतीय प्रक्रियाबाट नयाँ प्रधानमन्त्री चयन हुँदैछन् । लगातार संसद् अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी नेकपा एमाले सदन खोल्न राजी भएपछि प्रधानमन्त्री चयन गर्ने बाटो खुलेको हो।योसँगै प्रधानमन्त्री पदका एक्ला उम्मेदवार कांग्रेस सभापति शेरबहादुर देउवा मुलुकको नयाँ कार्यकारी प्रमुख बन्ने निश्चित जस्तो देखिन्छ। देउवा सम्भवतः १२ वर्षपछि अाज पुनः प्रधानमन्त्री हुनेछन् ।देउवाका समर्थक […]

महानगरकी एकमात्र महिला वडाध्यक्ष

अर्जुन गिरी- पुरुषप्रधान समाजका धेरै ठाउँको नेतृत्व पुरुषले नै गरिरहेका छन् । राजनीतिमा त अझ बढी हाबी छ पुरुष नेतृत्व । हालै सम्पन्न स्थानीय चुनावको विवरण पल्टाएर हेर्ने हो भने पोखरा महानगरका ३३ वटा वडामध्ये ३ ठूला पार्टीले ६ वटा वडामा मात्र महिलालाई वडाध्यक्षको उम्मेदवार बनाएका थिए । ती ६ जनामध्ये वडा नं १ मा […]

देउवालाई ३ तीन सय ६० सांसदको समर्थन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सत्तारोहण मंगलबारसम्मका लागि लम्बिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा जारी अवरोध हटाउन अस्वीकार गरेपछि आइतबारका लागि तय भएको प्रधानमन्त्री निर्वाचनको कार्यतालिका प्रभावित भयो । आइतबार विहान संसद भवनमा बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा संसद खुलाउने विषयमा सहमति जुट्न नसकेपछि सभामुख ओनसरी घर्ती मगरले बिहान ११ बजे […]