Home Ghajal 'प्रियसी' प्रथम

'प्रियसी' प्रथम

0
0

अछाम गजल महाेत्सब २०७१ काे अवसरमा आयोजना गरिएको राष्ट्रिय गजल प्रतियोगितामा दिर्गराज गिरी ‘प्रियसी’ प्रथम भएका छन्। अछाम गजल मञ्चले आयोजना गरेको प्रतियोगितामा सन्तोष सुवेदी र रविन ‘स्वप्निल’ ले भने क्रमश: दोस्रो र तेस्रो पुरस्कार प्राप्त गर्न सफल भए।

आयोजकका अनुसार अग्रज गजलकार – रवि प्रान्जल, प्रा‍. डा. कृष्णहरि बराल र करूण थापा निर्णायक रहेको प्रतियोगितामा विश्वभरबाट कुल ३११ प्रतिष्पर्धीहरु सहभागी भएका थिए।

पुरस्कृत गजलकारहरूलाई असाेज २६ गते आयोजना हुने अछाम गजल महोत्सव, २०७१ को कार्यक्रममा प्रथम, द्वितीय र तृतीयलाइ क्रमश १०,००० , ५,००० , ३,००० रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरिने अछाम गजल मञ्चका सचिव कमल ‘संघर्ष’ले बताए।

result

(0)

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *