राप्ती इन्टरनेसनल म्युजिक अवार्डको भब्य तयारि पल शाह सहित दर्जनौ कलाकारको प्रस्तुति हुने

बिशाल बराल, नेपाल रिपोर्टस

सिड्नी अस्ट्रेलिया १९ अगस्ट ।

नेपाली कला, संगीत संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले सिड्नीमा हुन गईरहेको राप्ति म्युजिक अवार्ड २०18 को तयारी पुरा भएको छ । आयोजक राप्ति समाजले नेपाल रिपोर्टसलाइ फोन मार्फत कार्यक्रमको तयारी पुरा भएको जनाएको छ ।

सेप्टेम्बर ०८ गते सिड्नी स्थित इन्द्रेनी फंक्सनमा हुने कार्यक्रमलाइ बाबा एडूकेसनले राप्ति समाज सग मिलेर गर्न लागेको छ ।
कार्यक्रमको मुख्य उदेस्य नै नेपाली गित संगीत प्रबर्दन नै रहेको कुरा राप्ती समाजका नरेश रेग्मीले जानकारी गराए।
कार्यक्रमको प्रमुख आकर्षणमा नायक पल शाह सहित गाइका राधिका हमाल, सिन्धु हमाल, प्रकाश रेग्मी , डा भिमअर्जुन आचार्य ,कृष्ण रेउले सहित दर्जनौ स्थानिय कलाकारको उपस्थिति रहने छ।

यसका साथै संयोजक नरेश रेग्मीले अवार्डको मुख्य उद्देश्य नेपाली कला, संस्कृति, फिल्म, भाषा क्षेत्रमा योगदान पु¥याएका तथा क्रियाशिल रहेका कलाकारहरुको मनोवल उच्च बनाउन सम्मान स्वरुप अवार्ड पुरस्कृत गर्ने बताए साथै नेपाली, कला, भाषा, सस्कृतिलाई बिश्वोब्यापी करण गर्ने उदेश्यका साथ अष्ट्रेलियामा पहिलो पटक हुन ग़ैरहेको BABA EDUCATION RAPTI INTERNATIONAL MUSIC AWARDS साथै श्रस्टा सम्मान कार्यक्रम मा Dila Kharel (INNOVATIVE ASSOCIATES)ज्यु बाट हाम्रा ६ जना श्रस्टा हरु लाई नगद रु २५०००( each) सहित सम्मान गर्ने कर्यक्रम रहेको  कुरा रेग्मीले टेलिफोन बार्तामा बताए|

कार्यक्रमको मुख्य प्रायोजक बाबा एडूकेसन रहेको छ भने मिडिया पार्टनरको रुपमा नेपाल रिपोर्टस लाहुरी टिभी लगायत अन्य थुप्रै मिडियाहरु पनि रहेका छन् , कार्यक्रमका लागि ३५ डलर   टिकट दर रहेको छ कार्यक्रममा इन्द्रेणीमा मिठो परिकारको पनि ब्यबस्था गरेको छ | साथै कार्यक्रममा सहभागी भएर कार्यक्रम को शोभा  बढाउनु हुन राप्ति समाज सम्पुर्ण सिड्नीबासि नेपाली दर्शकलाइ आग्रह गर्दछ

Leave a Comment

Your email address will not be published. Required fields are marked *