Home Ghajal गजल

गजल

1
0

– कमल संघर्ष

जब कलममा पनि धार हुनेछ
तरवार आफै होसीयार हुनेछ

मान्छेलाई कुल्चिएर सडक हिड्यो
एकदिन यस्तो समाचार हुनेछ

त्यो दिनसम्म खेल खेलीरहने छु
जुन दिन सम्म मेरै हार हुनेछ

उ मेरो संगतले बिग्रिदैन लाग्छ
भई हाले पनि गजलकार हुनेछ

यसरि नै झुपडि हेपिने हुन भने
कमल महल जलाएर फरार हुनेछ

(1)

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *