Home Australia साताको साहित्य पुरस्कार कवि मुकुन्द प्रयासलाई

साताको साहित्य पुरस्कार कवि मुकुन्द प्रयासलाई

3
0

यस वर्षको साताको साहित्य पुरस्कार धनकुटाका कवि मुकुन्द प्रयासलाई प्रदान गरिएको छ। नगद रु बिसहजार र ताम्रपत्र सहितको सो पुरस्कार चितवनको सौराहामा आयोजित एक कार्यक्रमका बीच प्रदान गरिएको हो। कवि, गजलकार निष्प्रभ सजिको सम्पादनमा अष्ट्रेलियाबाट संचालित हुने अनलाइन – साताको साहित्य डट कममा वर्ष भरि प्रकाषित रचनाहरु मध्ये बाट उत्कृष्ट एक लाई सो पुरस्कार प्रदान गरिन्छ।

           पुरस्कार ग्रहण गर्दै कवि मुकुन्द प्रयास

प्राध्यापक डा. गोबिन्दराज भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व साताको साहित्यका कार्यकारी सम्पादक सुमन घिमिरेले गर्नुभएको थियो भने साहित्यकार धनराज गिरीले उदघोषण गर्नुभएको थियो। समिक्षक एल.बि. क्षेत्रीले डायस्पोरिक साहित्यका बारेमा चर्चा गर्नुभएको सो कार्यक्रममा प्रेमबिनोद नन्दन, केदारनाथ खनाल, प्रभाकर पण्डित, ईश्वर कँडेल लगायतका लेखकहरूको उपस्थिति रहेको थियो।

कवि भूपिन ‘व्याकुल’ले आफ्नो बिचार ब्यक्त गर्दै नेपाली साहित्यको विकास एवं प्रवर्धनमा साताको साहित्य डट कमले महत्वपूर्ण भूमिका खेलेकोमा मुक्त कण्ठले प्रशंशा गर्नुभएको थियो। यस अघि साताको साहित्य पुरस्कारबाट डा. रवीन्द्र समीर र रमेश सायन सम्मानित भइसक्नु भएको छ।
satako sahitya

(3)

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *