Home Business पुर्वी चितवनको टाँडीमा नवौँ रत्ननगर महोत्सव शुरु

पुर्वी चितवनको टाँडीमा नवौँ रत्ननगर महोत्सव शुरु

2
0

विहिबार बाट पुर्वी चितवनको टाँडीमा नवौँ रत्ननगर महोत्सव शुरु भएको छ । महोत्सवको उपराष्टपति नन्द बहादुर पुनले उद्घाटन गर्नूभएको थियो ।

उद्घाटन अगाडी टाँडी बाट शोभा र्याली पनि गरीएको थियो । र्यालीमा बिभिन्न संघसस्था, बिध्यार्थी, क्लव, जनजाती लगायतको उपस्थीती रहेको थियो ।

        

हरेक २ वर्षको अन्तारलमा हुने यस रत्ननगर महोत्सवको बिशेष महत्व रहेको छ । यस महोत्सवले चितवनको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र अन्य आर्थिक महत्वका क्षेत्रहरुको आधुनिकीकरण र वैज्ञानिक उत्पादन प्रणालीसंग अभिमुखीकरण गराउने प्रमुख उद्देश्य लिइएको छ । यस पटकको महोत्सवमा करिव ४५० वटा स्टल रहेका छन । यस पटकको महोत्सवमा ५ लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करीब ५० करोडभन्दा बढिको कारोबार हुने अपेक्षा र अनुमान गरिएको छ । यस पटक, महोत्सवको मुख्य आकर्षणको रुपमा ७५ फिट अग्लो धरहरा रहेको छ । धरहरामा ३० फिट माथी बाट दृश्यालोकन गर्न सकिने छ ।

       

महोत्सवको अर्को आर्कषणको रुपमा बग्गी घोडा रहेको छ । परापूर्वकालमा राजामहाराजाले चढने यस घोडामा चढने व्यवस्था मिलाइएको छ । महोत्सव माघ ७ गते सम्म चल्ने छ ।

 

(2)

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *