Home Australia कार्यक्षेत्रमा शोषणमा परे तत्काल उजुरी दिन अन्तर्राष्ट्रिय विद्यार्थी परिषद्को अपिल
कार्यक्षेत्रमा शोषणमा परे तत्काल उजुरी दिन अन्तर्राष्ट्रिय विद्यार्थी परिषद्को अपिल

कार्यक्षेत्रमा शोषणमा परे तत्काल उजुरी दिन अन्तर्राष्ट्रिय विद्यार्थी परिषद्को अपिल

10
0

सिड्नी । अन्तर्राष्ट्रिय विद्यार्थी परिषद् (सिसा) ले कार्यक्षेत्रमा हुनेगरेको शोषणबारे तत्काल उजुरी दिन अपिल गरेको छ ।

हालै राष्ट्रिय अल्पकालिन् अप्रवासी कार्य सम्बन्धमा गरिएको सर्वेक्षणले कार्यक्षेत्र अधिकारको अवस्था सम्बन्धमा निकै चिन्ताजनक प्रतिवेदन सार्वजनिक गरेपछि सिसाले बुधबार विज्ञप्ती जारी गर्दै विद्यार्थीहरुसमक्ष यस्तो अपिल गरेको हो ।

सिसाले जारी गरेको विज्ञप्तीमा अध्यक्ष बिजय सापकोटाले भनेका छन्, ‘हामीले कार्यक्षेत्र सुरक्षाका विषयमा कति पैरवी र कार्य गर्नुपर्नेछ भन्ने विषय प्रतिवेदनबाट प्रष्ट भएको छ । म अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई आस्वस्त पार्न चहान्छु कि हामीले तपाईंकै सहयोगमा केही पहल छिटै नै सुरु गर्नेछौं ।’

सिसाले विद्यार्थीहरुलाई शोषणबाट बच्न नगद(क्यास) मा काम नगर्न आग्रह गर्दै विश्वविद्यालयहरु समक्ष पनि यस्ता कार्य हुन नदिन चेतना फैलाउन आग्रह गरेको छ ।

(10)

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *