Home Australia कन्सर्टका लागि अष्ट्रेलिया आइपुग्यो नेपाल आइडल टोली
कन्सर्टका लागि अष्ट्रेलिया आइपुग्यो नेपाल आइडल टोली

कन्सर्टका लागि अष्ट्रेलिया आइपुग्यो नेपाल आइडल टोली

8
0

सिड्नी । नेपाल आइडलको विजेता टोली कन्सर्टका लागि अष्ट्रेलिया आइपुगेको छ ।

अष्ट्रेलियाका विभिन्न शहरमा आयोजना हुने कन्सर्टमा प्रस्तुतीका लागि आइडल टोली बुधबार क्यानबेरा आइपुगेको हो ।

टोलीमा नेपाल आइडलका विजेता वुद्ध लामा सहित फस्र्ट रनरअप निशान्त भट्टराई, सेकेन्ड रनरअप प्रताप दास र कार्यक्रम प्रस्तोता सुसिल नेपाल छन् ।

आइडल विजेता टिमले शुक्रबार क्यानबेरामा आयोजना हुने कन्सर्टमा प्रस्तुती दिनेछ भने २७ तारिखमा ब्रिसबेनमा प्रस्तुती दिनेछन् ।

सिड्नीमा भने डिसेम्बर १ तारिखका दिन आलम्पिक पार्कमा आइडलको कन्सर्ट रहेको छ ।

(8)

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *