Home Australia अब अष्ट्रेलिया आउन झुट्टा कागजात पेश गरे १० वर्ष प्रतिबन्ध
अब अष्ट्रेलिया आउन झुट्टा कागजात पेश गरे १० वर्ष प्रतिबन्ध

अब अष्ट्रेलिया आउन झुट्टा कागजात पेश गरे १० वर्ष प्रतिबन्ध

18
0

सिड्नी । विभिन्न भिसामा अष्ट्रेलिया आउने आवेदकहरुले बढी मात्रामा झुट्टा कागजात र विवरण पेश गर्न थालेपछि अष्ट्रेलिया सरकारले यसलाई कडाई गर्न सुरु गरेको छ ।

यस्तै गतिविधीलाई निरुत्साहित गर्न सरकारले हालै नयाँ नियम ल्याएको छ । जस अनुसार कुनैपनि आवेदकले झुट्टा विवरण पेश गरेको पाईएमा भिसा आवेदन रद्व गरिनुका साथै निजलाई १० वर्षसम्म अष्ट्रेलिया प्रवेशका लागि नयाँ आवेदन दिन पूर्णतया रुपमा रोक लगाइने छ । १८ नोभेम्बर अर्थात गत शनिबारदेखी उक्त नियम कार्यन्वयनमा ल्याइएपछि अब अष्ट्रेलिया प्रवेशका लागि नक्कली कागजातका आधारमा आवेदन दिनेहरु निरुत्साहित हुने विश्वास अष्ट्रेलिया सरकारले लिएको छ ।

हाल दक्षिण एसियाली मुलुकबाट विद्यार्थीहरु विभिन्न नक्कली कागजात पेश गरेर अष्ट्रेलिया प्रवेश गर्ने गरेका छन् भने विभिन्न युद्धग्रस्त मुलुकका नागरिकहरु झुट्ट विवरणका आधारमा शरणर्थीका रुपमा अष्ट्रेलिया प्रवेश गर्ने गरेका छन् । यो प्रवृत्ति बढ्दो रहेकाले सरकारले नियन्त्रण गर्ने उदेश्यका साथ यो नियम कार्यन्वयनमा ल्याएको हो ।

(18)

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *