Home Australia अष्ट्रेलियामा रोजगारी पाउनेमा नेपाली पहिलो
अष्ट्रेलियामा रोजगारी पाउनेमा नेपाली पहिलो

अष्ट्रेलियामा रोजगारी पाउनेमा नेपाली पहिलो

35
0

क्यानबेरा । अष्ट्रेलियाको बढ्दो अर्थतन्त्रको महत्वपूर्ण खम्बा हो मावन स्रोत । त्यही खम्बा अष्ट्रेलियामा रहेका नेपाली श्रमिकहरुले धानिरहेको तथ्य सार्वजनिक भएको छ ।

सन् २ हजार १६ को जनगणनाको परिणम अनुसार अष्ट्रेलियामा सबैभन्दा रोजगारी गर्ने समुदायमा नेपाली समुदाय पर्दछन् । तथ्यांक अनुसार हरेक १० नेपालीमध्ये करिब ८ जना कुनै न कुनै रोजगारीमा संलग्न भएको पाइएको छ । अष्ट्रेलियामा रोजगारी गर्ने नेपालीहरु रोजगारीको सवालमा यहींका अष्ट्रेलियनहरुभन्दा पनि अघि देखिएका छन् ।

तथ्यांक अनुसार अष्ट्रेलियाको कुल जनसंख्याको ६२ प्रतिशतले मात्र यहाँ रोजगारी प्राप्त गरेका छन् । त्यस्तै कुल विदेशी जनसंख्याको ५६ प्रतिशतले जागिर खाएका छन् । त्यसमध्ये सबैभन्दा धेरै रोजगारी प्राप्त गर्नेमा नेपाली मूलका नागरिक रहेको तथ्य सार्वजनिक भएको हो ।

अष्ट्रेलियामा विभिन्न भिसामा १ लाख भन्दा बढी नेपाली छन् । तथ्यांक अनुसार अनुमान लगाउने हो भनेपनि करिब ८० हजार भन्दा बढी नेपालीले अष्ट्रेलियाको श्रम बजारमा प्रत्यक्ष योगदान पुर्याइरहेका छन् ।

तथ्यांक विभागले जारी गरेको प्रतिवेदनमा हरेक ५ मध्ये ४ नेपाली कुनै न कुनै प्रकारको काममा संलग्न भएको देखाएको छ । त्यस्तै नेपाललाई पछ्याउँदै ७६ दशमलब २ प्रतिशतले जिम्बाबियनले रोजगारी पाएका छन् । त्यसैगरी ब्राजिल, दक्षिण अफ्रिका र क्यानडा क्रमश तेस्रो, चौंथो र पाँचौ स्थानमा रहेका छन् ।

(35)

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *