Home Australia अष्ट्रेलियामा समलिंङ्गी विवाहको पक्षमा ‘ग्रीन सिग्नल’
अष्ट्रेलियामा समलिंङ्गी विवाहको पक्षमा ‘ग्रीन सिग्नल’

अष्ट्रेलियामा समलिंङ्गी विवाहको पक्षमा ‘ग्रीन सिग्नल’

15
0

क्यानबेरा । अष्ट्रेलियामा समलिङ्गी विवाहलाई मान्यता दिने या नदिने भन्ने विषयमा गरिएको सर्वेक्षणमा जनताले ग्रीन सिग्नल दिएका छन् ।

समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने या नदिने भन्ने विषयमा १२ सेप्टेम्बरदेखी ७ नोभेम्बरसम्म गरिएको सर्वेक्षणमा अधिकांश मतदाताले समलिङ्गी विवाहको पक्षमा मतदान गरेका हुन् ।
बुधबार विहान सार्वजनिक नतिजामा कुल मतदाताको ६१ दशमलब ६ प्रतिशत संख्याले समलिङ्गी विवाहको पक्षमा मतदान गरेका थिए ।

सर्वेक्षणमा सहभागी ३८ दशमलब ४ प्रतिशतले भने अष्ट्रेलियामा समलिङ्गी विवाहलाई मान्यता दिन नहुने पक्षमा आफ्नो मत प्रदान गरेका थिए ।

सर्वैक्षणबाट आएको परिणमलाई विधेयक निर्माणका लागि आजै संसदमा प्रस्तुत गरिसकिएको छ भने यहाँ पास भएपछि उपल्लो सदनमा कानुन निर्माणका लागि पठाइनेछ ।

प्रधानमन्त्री माल्कम टर्नबुल र विपक्षी दलका नेता बिल सर्टनले यो कानुन छिटो प्रक्र्रियाबाट पास गरिने प्रतिकृया दिएका छन् । छिटो पास भएको अवस्थामा अष्ट्रेलियाका समलिङ्गीहरुले अबको एक महिना भित्रै अर्थात क्रिष्टमस भित्रै आफुले मन पराएको महिला या पुरुषसँग विवाह गर्न पाउनेछन् ।

जनमतद्धारा स्वीकृत भएपछि अष्ट्रेलियाका लाखौं समलिङ्गीहरुले देशका विभिन्न भागमा खुशीयाली मनाइरहेका छन् ।

(15)

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *