Home News Nepal एक भए साझा र विवेकशील, रन्जु दर्शना अनुपस्थित।
एक भए साझा र विवेकशील, रन्जु दर्शना अनुपस्थित।

एक भए साझा र विवेकशील, रन्जु दर्शना अनुपस्थित।

17
0

वैकल्पिक राजनीतिक दलका रुपमा उदाउँदै गरेका दुई दल विवेकशील नेपाली र साझा पार्टीबीच अन्तत: एकीकरण भएको छ। एकीकरण पश्चात अब पार्टीको नाम विवेकशील साझा पार्टी रहनेछ।

काठमाडौँमा आयोजित एकीकरण घोषणा सभामा विवेकशीलका अध्यक्ष उज्ज्वल थापा र साझा पार्टीका संयोजक रविन्द्र मिश्र एकीकृत पार्टीमा सहसंयोजक रहने बताइयो भने संयोजकको पद भने हाललाई खाली राखिएको छ।

विवेकशीलको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएर एकाएक चर्चामा आएकी रन्जु दर्शना न्यौपाने एकीकरण सभामा अनुपस्थित रहनुलाई राजनीतिक वृत्तमा चासोका रुपमा हेरिएको छ। मेयर पदमा दर्शनाले २३ हजार बढी भोट ल्याएकी थिइन् ।

यद्यपी पार्टी एकतापछि बनेको विवेकशील साझा पार्टीको केन्द्रीय समितिमा उनको नाम समावेश गरिएको छ । दर्शना सँगै हाल एकीकृत पार्टीमा ३४ जनाको केन्द्रीय कार्यसमिति रहने र महाधिवेशनसम्म ५९ जना केन्द्रीय सदस्य पुर्याइने भएको छ।

(17)

Facebook Comments

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *