Home Sports Football विमलको सानदार गोलमा नेपालले बंगलादेशलाई हरायो।
विमलको सानदार गोलमा नेपालले बंगलादेशलाई हरायो।

विमलको सानदार गोलमा नेपालले बंगलादेशलाई हरायो।

178
0

एएफसी यु-२३ च्याम्पियनसिपको छनोट चरणको तयारीका लागि आज सम्पन्न नेपाल र बंगलादेश बीचको मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई १-० ले हराएको छ। दुवै देशका २३ वर्ष भन्दा कम उमेर समूहका राष्ट्रिय टोलीबीच खेलिएको खेलमा नेपालले पहिलो हाफमा अग्रता लिएको थियो।

नेपालका लागि अन्जन विष्टको सानदार पासलाई सदुपयोग गर्दै खेलको २०औं मिनेटमा नै कप्तान विमल घर्ती मगरले गोल गरेका थिए। अन्जनले डि-बक्स भित्रबाट निकालेको पासलाई पहिलो टचमा टर्न गरेर दायाँ खुट्टाले प्रहार गर्दै जाली चुमाएका थिए।

पहिलो गोल पश्चात पनि विमलले अर्को मौकाको सिर्जना गरेका थिए। तर उनको प्रहारलाई बंगलादेशी गोलरक्षकले जसो-तसो बचाएका। विमलको उक्त सट यति कडा थियो की, सट प्रहार गरेर ल्यान्डिङ गर्दा उनको काँध नै डिस्लोकेट हुन पुगेको थियो।

चोट बोकेर कप्तान बाहिरीए पछि उनको स्थानमा नेपाली टोलीले विश्वास श्रेष्ठलाई मैदानमा उतार्यो। पहिलो हाफमा अन्य कुनै अवसर भने सिर्जना हुन सकेन।

दोश्रो हाफको सुरुवातमा पनि नेपालले केहि मौका मौकाहरु सिर्जना नगरेको हैन तर गोलमा परिणत हुन भने सकेन। खेलको ६४औं मिनेटमा गोलरक्षक आफ्नो पोजिसनमा नरहेको अवस्थामा अन्जनले राम्रो अवसर गुमाएका थिए। उनले प्रहार गरेको ओभरहेड सट डिफेन्सलाई लाग्दै बाहिरिएको थियो।

बंगलादेशले खेलमा फर्कन राम्रै मेहेनत गरेता पनि नेपालले कप्तान विमलले दिलाएको अग्रतालाई अन्त्यसम्मै कायम राख्न सफल भयो। बंगलादेशका हेमन्तो विश्वासले ६९औं मिनेटमा बक्स बाहिरबाट प्रहार गरेको कडा प्रहारलाई नेपालका गोलरक्षक एलन न्यौपानेले उत्कृष्ट बचाउ गरेका थिए।

दोश्रो हाफको अन्त्यतिर इन्जुरी समयको तेश्रो मिनेटमा विश्वास श्रेष्ठले नेपालका लागि दोश्रो गोल गर्ने सुनौलो अवसर गुमाएका थिए। विवेक बस्नेतले गोलरक्षक पोजिसनमा नभएको अवस्थामा उनलाई दिएको पासमा उनले जाली चुमाउन सकेनन्।

(178)

Facebook Comments

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *