Home Crime काठमाडौँमा युवतीहरुको ग्यांग-फाइटमा छुरा प्रहार हुँदा एक युवती गम्भीर घाइते।
काठमाडौँमा युवतीहरुको ग्यांग-फाइटमा छुरा प्रहार हुँदा एक युवती गम्भीर घाइते।

काठमाडौँमा युवतीहरुको ग्यांग-फाइटमा छुरा प्रहार हुँदा एक युवती गम्भीर घाइते।

438
0

फेसबुकमा भएको गालीगलौजको विषयमा दुई युवतीहरुको समूहवीच ग्याङ फाइट हुँदा ललितपुरको सातदोबाटोमा एक युवती गम्भीर घाइते भएकी छन् । मंगलबार राती सातदोबाटो चोकमा सलिना राई र कोपिला गिरीको समूहवीचको ग्याङ-फाइटमा भएको छुरा प्रहारबाट काभ्रे, बनेपा बस्ने १७ वर्षीया कोपिला गिरी गम्भीर घाइते भएकी हुन्।

सातदोबाटोका डिएसपी रामेश्वर यादवका अनुसार फेसबुकमा भएको गालीगलौजको विषयमा बानेश्वर बस्ने सलिना राई लगायतका ६ जना केटीहरुको समूहले गिरीमाथि छुरा प्रहार गरेका थिए। घाइते गिरीलाई उपचारको लागि सुमेरु अस्पताल धापाखेल पठाइएको छ।

गिरीको स्वास्थ्य स्थिती सुधारोन्मुख रहेको र हाल उनी बोल्न सक्ने अवस्थामा रहेको डाक्टरले बताएका छन्। उक्त घटनामा संलग्न ५ जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको डिएसपी यादवले बताए। घटना पश्चात फरार रहेका ४ जनाको भने खोजी भैरहेको छ।

(438)

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *