Home Sports Cricket भारतलाई १८० रनले हराउँदै पाकिस्तानले उचाल्यो आई.सी.सी च्याम्पियन्स ट्रफी।
भारतलाई १८० रनले हराउँदै पाकिस्तानले उचाल्यो आई.सी.सी च्याम्पियन्स ट्रफी।

भारतलाई १८० रनले हराउँदै पाकिस्तानले उचाल्यो आई.सी.सी च्याम्पियन्स ट्रफी।

86
0

फखर जमानको असाधारण शतक र मोहम्मद आमिरको उत्कृष्ट बलिंग-स्पेलले प्रेरित पाकिस्तानले भारतलाई १८० रनको भारी अन्तरले हराउँदै आई.सी.सी च्याम्पियन्स ट्रफी २०१७ को उपाधि उचाल्यो। पुरै ५० ओभर खेलेको पाकिस्तानले भरातका लागि ३३९ रनको लक्ष दिएको थियो। तर फिल्डमा पनि पाकिस्तान नै हाबी भएपछी एकपक्षीय खेलमा भारत ३०.३ ओभरमै जम्मा १५८ रनमा समेटियो।

टस जितेको भारतले पाकिस्तानलाई सुरुवाती ब्याटिङ्ग गर्न आमन्त्रण गरेको थियो। जवाफमा पाकिस्तानका लागि फखर जमानले १०६ बल खेल्दै १२ चौका र ३ छक्काको मद्दतले ११४ रन बनाए। उनले पहिलो विकेटका लागि अजहर अली (५९) संग १२८ रनको सानदार साझेदारी गरे। पाकिस्तानका लागि मोहम्मद हफीजले ५७, बाबर आजमले ४६ र इमाद वसीमले २५ रनको योगदान दिंदै चार विकेटको क्षतिमा टोलीका लागि कुल ३३८ रन जोड्दै जितका लागि भारतलाई ३३९ रनको लक्ष दिए।

भारतका विरुद्ध शतक लगाए पछि खुशी मनाउँदै फखर जमान। तस्वीर: म्याथ्यु ईम्पेइ / आर.इ.एक्स् /शटर्स्टक

यस प्रतियोगिताको इतिहासमै पाकिस्तानले कुल २५० भन्दा बढी रन बनाएको यो पहिलोपटक हो। त्यति हुँदा हुँदै पनि जतिसुकै रन्को लक्ष पनि सजिलै पछ्याउने इतिहास बोकेको विराट कोहलीको टिम खेलमा फर्किने आशा गरिएको थियो। पाकिस्तानको पारि सकिए पछि पनि क्रिकेट जगतमा धेरैले खेल रोमान्चक बन्ने तर भारतले जित्ने आंकलन गरेका थिए। तर पाकिस्तानका लागि मोहम्मद आमिरले जम्मा १६ रन खर्चिएर भारतका सुरुवाती ३ विकेट लिएपछि पाकिस्तानको जित लगभग सुनिस्चित बनेको थियो।

भारतका कप्तान विराट कोहलीको विकेट लिएपछि उत्साहित मुद्रामा मोहम्मद आमिर। तस्वीर: रिउटर्स

जम्मा ३०.३ ओभरमा अल आउट भएको भारतले कुल १५८ रन मात्रै जोड्न सफल भयो। भारतको साख केहि जोगाउँदै हार्दिक पाण्डेले ४३ बलमा ४ चौका र ६ छक्काको मद्दतमा ७६ रन्को पारि खेले। उनी बाहेक भारतले आशा गरेका अन्य ब्याट्सम्यानको प्रदर्शन नगन्य रह्यो।

पाकिस्तानका लागि हसन अलीले ३, शादाब खानले २ र जानैद खानले १ विकेट लिए।

(86)

Facebook Comments

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *