Home News Nepal मुस्ताङ लैजान लागेका ७ बालबालिकको उद्धार

मुस्ताङ लैजान लागेका ७ बालबालिकको उद्धार

12
0

पारिपारिक विखन्डन र गरिबीको चपेटा । परिवारमा सधैं किचलो । मिठो मसिनो खान पाउनको साटो बाबुआमाको कुटाइ । यस्तै बालबालिकाको खोजीमा पोखरामा विभिन्न गिरोह नै सक्रिय छन् । यस्तै १ गिरोहले पोखरा आसपासबाट १४ वर्ष मुनिका ७ बालबालिका जम्मा ग¥यो । राम्रो कपडा लगाउन र मिठो खान पाइने लोभमा परेका उनीहरु केही दिन मख्ख परे । पोखरा बसपार्क आसपासको पुरानो घरमा ती बालबालिकालाई स्थानीय ओहोरदोहोर गरेको देखेपछि स्थानीयलाई शंका लाग्यो । उद्योग वाणिज्य संघ बालश्रम न्यूनीकरण कार्यक्रमका कर्मचारीले पनि उनीहरुको यो गतिविधि नियालिरहेका थिए । कतिबेला हराउने, अनि कतिबेला त्यही पुरानो घरमा आउनेजाने गर्थे ती बालबालिका । ती बालबालिका थिए, मुस्ताङमा बालश्रमका लागि लैजान तयार पारिएका । मुस्ताङको एक होटेलमा तलबसहित काम गर्न पाइने आश्वासन पाएपछि उनीहरु जान तयार भएका थिए ।

ती ७ बालबालिकालाई बिहीबार पृथ्वीचोकबाट उद्धार गरिएको छ । १४ वर्ष भन्दामुनिका ६ बालिका र एक बालकलाई जिल्ला बाल कल्याण समिति कास्कीको अगुवाएमा उद्धार गरिएको हो । पोखरा उद्योग वाणिज्य संघ बालश्रम न्यूनीकरण कार्यक्रमका कर्मचारी, कृष्ण टोल विकास संस्थाका पदाधिकारी र प्रहरीले विशेष सूचनाको आधारमा उद्दार गरेका हुन् । उद्धारपछि ती बालबालिकालाई महिला तथा बालबालिका कार्यालयमा पु¥याएर सोधपुछ गरिएको बाल संरक्षण अधिकृत बिन्दुकला भण्डारीले बताइन् । उनले भनिन्,‘सबैजसो बालबालिका कुनै न कुनै रुपमा हिंसामा परेका रहेछन, रोजगारदाताले खान, लाउन, घुम्ने खालका अवसरको आश्वासन दिलाएको पाइयो ।’ उद्धार गर्ने बेलामा ती बालबालिका आफूहरुसँग आउनै नमानेको भण्डारीले बताइन् । १ बालक त उद्धारकै क्रममा भागेका थिए । ती बालक शुक्रबार सम्र्पकमा आएको जिल्ला बाल कल्याण समितिले जनाएको छ  ।

उद्धार गरिएकामध्ये ५ बालिकालाई अभिभावकालाई बोलाएर जिम्मा लगाइएको छ । बाँकी १ बालक र १ बालिकालाई महिला तथा बालबालिका कार्यालयले संरक्षणमा लिएको छ । ती बालबालिकाका बाबुआमा आए पनि जिम्मा लिन आनाकानी गरेपछि वडा प्रहरी कार्यालय बैदाम पठाइएको भण्डारीले बताइन् । उनले भने,‘२ छोराछोरीका आमा अर्कैसँग बिहे गरेकी रहिछन्, महिलालाई स्वीकार गरे पनि बालबालिकालाई ती पुरुषले स्वीकार्न नचाहेकाले प्रहरीको जिम्मा लगाइएको हो ।’

बालबालिका लैजान तयारी गर्ने व्यक्तिसँग फोन सम्र्पक भइसकेको र  आफूले बालश्रमको प्रयोग गर्ने लागेको स्वीकार गरिसकेका भण्डारीले बताइन् । बालबालिकालाई श्रममा लैजान लागेका व्यक्तिलाई कानुनको दायरामा ल्याएर कारवाही गर्ने प्रतिबद्धता उनले जनाएकी छन् । बालबालिकालाई श्रममा प्रयोग गर्ने गराउने व्यक्तिलाई १ वर्षसम्म कैद वा ५० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने बालश्रम निषेध र नियमित गर्ने ऐन २०५६ मा उल्लेख छ । सन् २०१८ भित्रमा पोखरालाई बालमैत्री नगर बनाउने लक्ष्य अनुरुप पोखरा महानगरपालिकाले काम गर्दै आएको छ । सडकमा ¥याली र कोठामा बैठक गर्ने तर फिल्डमा ध्यान नदिने गरेकाले चुनौती बढ्दै गएको सरोकारवाला बताउँछन् । पोखरा महानगरपालिका बालमैत्री स्थानीय शासन फोकल पर्सन दुर्गा न्यौपाने महानगरपालिकाले यस्ता घटनालाई गम्भीर रुपमा लिएको बताइन् ।

(12)

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *