Home Australia श्रीमतीको हत्या प्रयासमा अष्ट्रेलियामा एक नेपाली जेल चलान। हत्या नै भएको भन्ने समाचार गलत।
श्रीमतीको हत्या प्रयासमा अष्ट्रेलियामा एक नेपाली जेल चलान। हत्या नै भएको भन्ने समाचार गलत।

श्रीमतीको हत्या प्रयासमा अष्ट्रेलियामा एक नेपाली जेल चलान। हत्या नै भएको भन्ने समाचार गलत।

2.14K
0

अष्ट्रेलियामा श्रीमतीको हत्या प्रयासमा एक नेपालीलाई जेल चलान गरिएको छ। गत मार्च २७ तारिखका दिन एम-फाइभ मोटरवेमा घटित एक दुर्घटनाको फैसला सुनाउंदै वुधवार जुन १४ मा गस्फ़ोर्डको स्थानिय अदालतले दिपक अधिकारीलाई २ वर्षका लागि जेल चलान गरेको हो।

विभिन्न नेपाली मिडियामा सम्प्रेषित समाचारमा भनिएको जस्तो दिपकले आफ्नी श्रीमतीको हत्या गरेका चाहिं होइनन्, किनकी उनकी श्रीमती पम्फा धिताल हाल जीवित छन्। मिडियामा फैलिएको गलत समाचारले अष्ट्रेलियाको नेपाली समुदायमा शुक्रवार विहानै देखि खैलाबैला मच्चिएको छ। एक छोरा र एक छोरीका पिता दिपकका बारेमा सम्प्रेषित समाचारहरुले उनि स्वयंलाई मात्रै भन्दा बढी प्रभाव उनको परिवार एवं अष्ट्रेलियाको समग्र नेपाली समुदायमा पर्न जाने हुँदा हामीले घटनाको हदै सम्मको तथ्य खोतल्ने प्रयास गरेका छौं।

गस्फ़ोर्डको स्थानिय अदालतका म्यजिस्ट्रेट डेभिड डे ले दिएको जानकारी अनुसार घटना घटेको दिन दिपकले श्रीमती पम्फालाई लिएर एम-वान मोटरवेमा दक्षिणतर्फ ड्राइभ गरिरहेका थिए। मध्यान्न हुनु भन्दा केहि समयपूर्व उनले चलाएको निसान एक्स-ट्रेयल गाडी ब्रेकडाउन लेनमा पार्क गरी राखिएको एक ट्रकसँग ठोक्कियो। कारिओङ्ग इन्टरचेन्ज नजिकै पार्क गरेर राखिएको सडकमर्मत कार्यमा प्रयोग गरिने उक्त ट्रकमा ठोक्किएसँगै विपरित दिशामा उछिट्टिएर सडक छेउको झाडीमा पुगेको थियो।

दुर्घटना लगत्तै उनले चलाएको गाडीको आपतकालीन ईयर ब्याग खुलेका कारण त्यहाँ ठुलो घटना घटना पाएन। घटना लगत्तै दिपक गाडीबाट ओर्लिएर श्रीमतीलाई बाहिर निकाल्न उनको सिट तर्फको झ्याल खोल्न गएका थिए। तर गाडीको ढोका जाम भएकाले उनि पुन: ड्राइभर सिटतिर गएर श्रीमतीलाई बाहिर निकालेको अदालतको विवरणमा उल्लेख छ।

श्रीमतीलाई गाडीबाट निकालेर भुइंमा पल्टाई हत्या गर्ने उद्देस्यले उनको घांटी थिचेको आरोप दिपकलाई लागेको थियो। दुर्घटना पश्चात मोटरवेमा सवार एक अर्को ट्रक रोकिएर अधिकारी दम्पतिको मद्दतका लागि आउँदा दिपकले पम्फाको घाँटी थिचिरहेको देखेको उक्त ट्रक ड्राइभरले बयान दिएका छन्।

सुरुमा दिपकले आफूमाथि लागेको आरोप गलत रहेको बताएपनि पछिल्लो पटक उनले आरोप स्वीकारेका हुन्। म्याजिस्ट्रेट डेभिडले दिएको जानकारी अनुसार १६ वर्ष सम्म वैवाहिक बन्धनमा रहेका अधिकारी दम्पति त्यस दिन “अत्यधिक तनाव”मा थिए र दिपक केहि दिन देखि नसुतेको अवस्थामा रहेका थिए।

दिपकले प्रहरीलाई दिएको बयानमा आफूलाई घटनाबारे केहि याद नभएको बताएका थिए। अदालतले पनि उक्साहटको प्रमाण नभेटिनु र दिपकलाई ‘एसल्ट’बारे याद नहुनु आश्चर्यजनक घटना रहेको बताएको छ। मिडियासँग बोल्दै म्यजिस्ट्रेट डेभिडले भने “यो विचित्रको घटना हो।”

(2139)

Facebook Comments

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *