Home Australia दार्जीलिङको ‘मन्त्र ब्याण्ड’ पहिलो पल्ट सिड्नीमा।
दार्जीलिङको ‘मन्त्र ब्याण्ड’ पहिलो पल्ट सिड्नीमा।

दार्जीलिङको ‘मन्त्र ब्याण्ड’ पहिलो पल्ट सिड्नीमा।

35
0

नेपाली रक संगीत विधाको लोकप्रिय सांगीतिक समूह “मन्त्र ब्याण्ड” आफ्नो सांगीतिक प्रश्तुतीका लागि सिड्नी आइपुगेको छ। नेपाली टच अष्ट्रेलियाको आयोजनामा संचालित “हिमाली नेपाली अष्ट्रेलिया टुर २०१७” अन्तर्गत एडिलेड, मेलबर्न र ब्रिसबेनका कार्यक्रम भ्याएर उक्त ब्याण्ड सिड्नी आइपुगेको हो।

सांगीतिक प्रश्तुतीका लागि मन्त्र ब्याण्डको यो पहिलो अष्ट्रेलिया यात्रा हो। “हिमाली नेपाली अष्ट्रेलिया टुर २०१७” अन्तर्गत अष्ट्रेलिया आएको यस ब्याण्डले यस अघि जुन ५ मा एडिलेड, जुन १२ मा मेलबर्न र जुन १४ मा ब्रिसबेन बस्ने नेपाली समुदायमाझ आफ्नो प्रश्तुती दिइसकेको छ। मन्त्र ब्याण्डको यस सांगीतिक यात्राको अन्तिम प्रश्तुती भोली अर्थात जुन १६ मा सिड्नीको टाउनहलमा अवस्थित शार्क होटेलको स्पेस बारमा सम्पन्न हुँदै छ।

सन् २००० मा भारतको नेपाली बाहुल्य दार्जिलिङ्गमा स्थापित मन्त्र ब्याण्डका वर्तमान सदस्यहरुमा भास्कर देवान (लिड भोकल), प्रज्ञा लामा (गितार), बिर्जु चौधरी (ड्रम), मनिष थापा (किबोर्ड), विधान थापा (वाँसुरी/ स्याक्सोफोन) प्रभास शुब्बा (बास गितार) रहेका छन्। ‘रक एण्ड रोल’ संगीतमा निकै लोकप्रिय यस समूहका “वीर गोर्खाली”, “एकान्तमा”, “संस्कृति”, “हिमाली नेपाली”, “तिमी बिना” लगायतका गीतहरु निकै चर्चित छन्।

“हिमाली नेपाली अष्ट्रेलिया टुर २०१७” मा मन्त्र ब्याण्ड मात्रैको प्रश्तुती भने रहने छैन। मन्त्र ब्याण्ड संगै लोक-रक विधाकी लोकप्रिय गायिका तृष्णा गुरुङ पनि यस यात्रामा अष्ट्रेलिया आएकी छन्। “गाइने दाजै”, “साँझको बेला”, “खानी हो याह्मु” लगायतका गीतहरु गाएर चर्चाको शिखरमा रहेकी गुरुङका लागि पनि सांगीतिक कन्सर्टका लागि यो पहिलो अष्ट्रेलिया यात्रा हो।

सिड्नीमा भोली सम्पन्न हुने अन्तिम कार्यक्रममा स्प्राइट ब्याण्ड च्यालेन्ज विजेता ‘जि-नाइन’ ब्याण्डले पनि आफ्नो प्रश्तुती दिने छ। ब्याण्डका तर्फ़ बाट हाल अष्ट्रेलिया रहेका इनोक, भुवन र सुमितले प्रश्तुती दिने छन्। त्यसैगरी कृतिशा र वशन्तको अर्को समूहले पनि भोलिको कार्यक्रममा प्रश्तुती दिनेछ भने अंजित लामाले कार्यक्रमको सुरुवाती प्रश्तुती दिने नेपाली टच अष्ट्रेलियाले जानकारी दिएको छ।

कार्यक्रमको उद्घोषणका लागि नेपालबाटै एम.सी विमला थापा पनि अष्ट्रेलिया आएकी छन्। मन्त्र ब्याण्ड र तृष्णा गुरुङ लगायतका कलाकारको प्रश्तुती संगै डि.जे बिरक र डि.जे क्र्याशको ‘डि.जे सेसन’ पनि अर्को आकर्षण रहेको ‘नेपाली टच अष्ट्रेलिया’का दिपेश पुनले बताउनु भयो।

(35)

Facebook Comments

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *