Home Business कतारमा इरानी विमानबाट खाद्यान्न

कतारमा इरानी विमानबाट खाद्यान्न

15
0

क्षेत्रीय नाकाबन्दीका कारण अभाव खेपिरहेको कतारका लागि इरानले ५ वटा विमान खाद्यान्न पठाएको छ । इरानको मुख्य विरोधी साउदी अरबसहित केही मुलुकले कतारसँग सम्बन्ध तोडेका छन् । कतारले आतंकवादलाई सहयोग पु¥याएको उनीहरुको आरोप छ, जुन कतारले अस्वीकार गर्दै आएको छ । कतारमा आउने खाद्यान्नको ४० प्रतिशत उसको जमिन जोडिएको छिमेकी साउदीबाट आउँथ्यो । इरान एअरका प्रवक्ता शारोख नुशाबदीले एएफपीलाई आइतबार भने, ‘अहिलेसम्म ५ वटा विमानभरी फलफूल र तरकारी पठाएका छौं, अर्को विमान पनि पठाउँछौं ।’  उनले कतारमा माग भएसम्म सामान पठाउने बताए ।

इरानले ३ सय ५० टन खाद्यान्न बोकेका ३ वटा पानीजहाज पनि कतार जान ठिक्क परेको जनाएको छ । साउदी अरेरिया, बहराइन र युनाइटेड अरब एमिरेट्सले सिमा बन्द गरेपछि इरानले कतारी उडानका लागि हवाइ मार्ग पनि उपलब्ध गराएको छ । यसैबीच, कतारमा रहेका साउदी अरेबिया, बहराइन र युएइका नागरिकलाई कतार छोड्न नभनिने कतारले जनाएको छ । तर कतारको विरोध गरेका ती देशले सबै कतारी नागरिकलाई १४ दिनभित्र आफ्नो देश छोड्न भनेका थिए । कतार उसका छिमेकीको कुरा सुन्न तयार भएको बताइएको छ । मध्यस्थकर्ता कुवेतले कतार उसका छिमेकीको आशंका सुन्न तयार रहेको बताएको हो । कुवेतले गत हप्ता साउदी अरेबियामा उसका अमीरलाई पठाएर मध्यस्थता थालेको थियो । आइतबार कुवेतका विदेश मन्त्री शेख खबा अल खालिद अल सबाले ‘कतार सुरक्षा र स्थायित्व वृद्धि गर्न उसका दाजुभाइहरुको चासो बुझ्न तयार रहेको’ बताएका छन् । बिबिसी

 

(15)

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *