Home News Nepal जोगिएला शीतलमार्ग बस्ती ?

जोगिएला शीतलमार्ग बस्ती ?

16
0

गोविन्द सुवेदी-

छोरेपाटन शीतलमार्गका मोहनबहादुर विश्वकर्मा यो बर्खामा आफ्नो घर डुबान पर्दैन कि भन्ने आशामा छन् । पोहोर असारमा परेको पानीले शीतलमार्ग र आसपासका दर्जनभन्दा बढी घर डुबानमा पा¥यो । स्थानीय संगठित भए अनि खोजे बस्ती जोगाउने उपाय । नगरपालिका, जिविस मात्र नभएर अर्थ मन्त्रालयसम्म पुगे उनीहरु । बस्ती नै खतरामा परेपछि जोगाउन अर्थ मन्त्रालयले १ करोड दिने निर्णय ग¥यो । पोखरा महानगरपालिकाले पनि ६० लाख रुपैयाँ छुट्यायो ।

त्यही रकमले अहिले काम थालिएको छ । काम सुरुभएसँगै शीलतमार्गबासीलाई आस लागेको छ, बस्ती डुब्दैन कि भन्ने ।

उक्त क्षेत्रमा सडक मुनिबाटै ह्युम पाइपगाडेर पानी निकास गर्न लागिएको वडा नम्बर १७का वडाअध्यक्ष तीर्थराज अधिकारीले बताए । सुरुमा स्थानीयस्तरमा केही अवरोध आए पनि अहिले सहमति जुटेपछि काम थालिएको उनले जानकारी दिए ।

निकासका लागि संरचना तयार गरेर असार २५ सम्ममा कामसकिसक्ने छोरेपाटन–अमलेमार्ग–डेभिज फल्स भलपानी निकास निर्माण उपभोक्ता समिति अध्यक्ष धर्मराज अर्याललेबताए । ‘विगतमा ठूलो पानी पर्दा ढुक्कले निदाउने अवस्था थिएन,’ उनले भने, ‘अब संरचना बनाएर निकास निकालेपछि पानी तालिने समस्या रहँदैन, दामोदर खोलाको पानी बन्ने संरचना मार्फत निस्कने छ ।’

जोखिम क्षेत्रमै त्यसरी पानीको निकास बन्द भएपछि स्थानीय कै पहलमा माथिबाट बजेट आएकाले निर्माणका लागि सम्झौता गरिएको जिल्ला प्राविधिक कार्यालय कास्कीका प्रमुख इन्जिनियर नारायणप्रसाद बरालले बताए । राजमार्गसम्म महानगरपालिकाले पानीको निकास खोल्ने र त्यहाँबाट तल खोलासम्म जिल्ला समन्वय समितिले काम गराउने सहमति भएको पोखरा लेखनाथ महानगर पालिकाका योजना महाशाखा प्रमुख इन्जिनियर शारदामोहन काफ्लेले बताए ।

निर्माण समितिका अध्यक्ष अर्यालका अनुसार दामोदर खोलाबाट तितेपानी मार्गसम्म जग्गा प्लटिङ गर्नेहरुले नै निकास निकाल्ने छन् । छोरेपाटन प्रहरी चौकी, सिद्धार्थ राजमार्ग हुँदै छोरेपाटन स्कुल र गुप्तेश्वर गुफाको संयुक्त पार्किङस्थलबाट ह्युम पाइपमार्फत खोलामा खसालिने योजना छ ।

 

के हो समस्या ?

रानीवनको दक्षिणपट्टि दामोदर खोलामा चारवटा खोल्सीको पानी मिसिएर आउँछ । योबाहेक टारी खोल्सा, फेवातालको बा“धको पानीसमेत यहीं पुग्छ । यी सबै पानीको निकास यहा“का ७ बढी प्राकृतिक भ्वाङबाट हुन्थ्यो । ४ वर्षयता सबै भ्वाङ पुरेपछि यो क्षेत्र विपत्तिको संघारमा पुगेको हो । ‘पोहोरसम्म बा“की रहेको एउटा भ्वाङबाट पानी गएको अवस्थामा पनि घरहरु डुबे भने अव त्यो पनि पुरियो । पानी जाने निकास नै छैन,’ स्थानीय मोहन विश्वकर्माले भने ।

पानी आउ“थ्यो जान्थ्यो । प्राकृतिक बहाव थियो । कुनै समस्या थिएन । पहिला खेत थियो । जग्गा व्यवसायीले बिस्तारै घडेरी बनाए । थाहा नभएका नया“ मानिसलाई बेचे । ३ जनाको जमिनमा २ सयभन्दा बढी घडेरी बिक्री भइसके ।  बिजुलीका पोल गाडेर, डिपिसी गरेर दुई सयभन्दा बढी घडेरी बनाइएको छ । त्यसको आसपासमा हजार बढी घरहरुको बस्ती छ ।

२२ फिटसम्म पुरेर घडेरी बनाएको स्थानीय बताउ“छन् । ‘पुरुवा माटो छ । घडेरी किन्नेलाई थाहा हुन्न । पुरुवा माटोमा बनाएको घर कसरी अडिएला । धेरैको जीवनभरको कमाइ पनि डुब्दैछ,’ स्थानीय बासिन्दाले भने । ३७ रोपनीको पुरै क्षेत्रको प्लटिङले खतरा निम्त्याउने भन्दै टोल सुधार समितिका पदाधिकारी विभिन्न निकाय गुहारे पनि कुनै उपाय लागेन । पोखरा उपमहानगरपालिकाबाट ४ वर्ष अघि इन्जिनियर सुरेन्द्र पाण्डे टोलीले ‘जमिन पुर्ने, पर्खाल लगाउने कार्यले जोखिम बढाएको’ सुझाव दिएको थियो । पानी निकासको प्रबन्ध गरेरमात्र जग्गा विकास गर्नुपर्नेमा त्यसो नगरेकोले अहिले ठूलै समस्या आएको हो ।

व्यक्तिगत सम्पत्ति संरक्षण भोगचलन गर्ने नाममा प्राकृतिक बहाव कायम नराख्दा समस्या आएको स्थानीय बताउ“छन् । जंगल नजिकैको फराकिलो खाली जमिनमा जग्गा व्यवसायीको आ“खा प¥यो । पुराना जग्गाधनी भ्वाङ क्षेत्रमा पनि पैसा आउने भएपछि बिक्री गर्न तम्सिहाले । पानी जाने ठाउ“ बन्द नगर्न केही अगुवाले भनेका पनि हुन् । प्रशासन, जिविस, नगरपालिका सबै ठाउ“मा प्लटिङ रोकिदिन माग पनि गरे । केही समय रोकिएको पनि हो । तर जग्गा धनी, व्यवसायिका सामु सामाजिक अगुवा कमजोर भए । उनीहरुको केही लागेन र पुरेर प्लटिङ गर्ने क्रम बढ्यो । त्यसैको परिणाम अहिले छोरेपाटन नै विपत्तिको सिकार भएको छ ।

जोखिम क्षेत्रः विज्ञ

अर्मलामा तीन मिटर माथिपर्खाल लगाई पानी जाने भाग आग्लो बनाउ“दा भ्वाङ परेर ठूलो विपत्ति आयो । छोरेपाटनमा त सबै निकास बन्द गरिएका छन् । अर्मला प्रकरणमा खानी तथा भूगर्भ विभागका विज्ञहरुले भ्वाङहरु सिर्जना हुने मुख्य कारण पानीको निकास अतिक्रमण गर्नु हो भनेका थिए ।

पोखराको बनोटमा चुनसहितको पत्थर भएको उल्लेख गर्दै कमजोर भूबनोट रहेको भूगोलविद विश्व श्रेष्ठ बताउ“छन् । ‘पानी मिसिएपछि चुन घुलिन्छ र बिस्तारै प्वाल पार्दै बढाएर भ्वाङ पार्छ,’ प्राकृतिक विज्ञानमा विद्यावारिधि गरेका श्रेष्ठ भन्छन्, ‘छोरेपाटन पहिल्यै सबैभन्दा धेरै भ्वाङ र गुफाहरु भएको क्षेत्र भएकोले बढी जोखिम छ ।’ खानी तथा भूगर्भ विभाग र जर्मनीस्थित फेडेरल इन्स्टिच्युट फर जिओसाइन्स एनड नेचुरल रिसोर्सले २०५५ सालमा पोखराको भौगर्भिक अध्ययन गरेको थियो । विज्ञ प्राविधिकहरुले २ वर्ष लगाएर अध्ययन गरी तयार पारेको पोखरा उपत्यकाको इन्जिनियरिङ एन्ड इन्भारोमेन्ट नक्सामा भूबनोटको अवस्था र विभिन्न किसिमका जोखिमयुक्त क्षेत्र संकेतद्वारा किटान नै गरिएको छ । त्यसैमा छुट्टै गोलाकारमा धर्साहरु तानिएको भ्वाङको अलग्गै संकेत छ । जुन गोलाकार धर्साहरु सबैभन्दा धेरै रहेको क्षेत्र छोरेपाटन नै हो । जोखिमयुक्त क्षेत्र पर्ने वडा नं १७ मा सबैभन्दा धेरै घर बन्न थालेको छ ।

(16)

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *