Home News Nepal शर्मालाई थप ६ दिन थुनामा राख्न निर्देशन

शर्मालाई थप ६ दिन थुनामा राख्न निर्देशन

17
0

भ्रष्टाचार अभियोगमा पक्राउ परेका आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई थप ६ दिन थुनामा राखी अनुसन्धान गर्न विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुमति दिएको छ ।अनुसन्धानको प्रकृति, गम्भीरता र जटिलतालाई हेरेर शर्मामाथि थप अनुसन्धान गर्न ६ दिनको म्याद थप गरिएको विशेष अदालतका रजिस्ट्रार भीमकुमार श्रेष्ठले जानकारी दिए । अख्तियारले शर्मामाथि अनुसन्धान गर्न एक महिनाको समयको माग गर्दै निवेदन दिएको थियो ।

                                चूडामणि शर्मा

भ्रष्टाचार अभियोगमा पक्राउ परेका शर्मामाथि अनुसन्धान गर्न म्याद थपका लागि दिएको निवेदन उपयुक्त देखिएको उल्लेख गर्दै न्यायाधीशद्वय मोहनरमण भट्टराई र नरेन्द्र सिवाकोटीको संयुक्त इजलासले शुक्रबार थप ६ दिन थुना राख्न अनुमति दिएको हो । विशेष अदालतले गत आइतबार पनि शर्मालाई ७ दिन थुनामा राख्न अनुमति दिएको थियोे । म्याद थपपछि सुरक्षा घेराभित्रैबाट विभागका निलम्बित महानिर्देशक शर्माले विघटन भइसकेको कर फस्र्यौट आयोगको काम कारबाही र कागजातमाथि अनुसन्धान गर्ने अधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नरहेको दाबी गरे ।
उनले आयोगले सरकार, संसद र प्रचलित विधि, प्रक्रिया विपरीत बलजफ्ती र बदनियतपूर्ण ढंगले अनुसन्धान प्रक्रिया अघि बढाएको उल्लेख गर्दै न्यायको पक्षमा बोलिदिन सबैमा आग्रह पनि गरे । कर फस्र्यौट आयोगको म्याद २०७२ साल असोजबाटै सकिएको थियो ।
कर फछ्र्यौट आयोगमार्फत् कर छुट दिएर भ्रष्टाचार गरेको आरोपमा शर्मालाई जेठ १९ गते शुक्रबार कार्यालय समयमा लाजिम्पाटस्थित आन्तरिक राजस्व विभागबाटै अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो ।

(17)

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *