Home News Nepal पोखरामा कार्यपालिका सदस्य निर्वाचित

पोखरामा कार्यपालिका सदस्य निर्वाचित

26
0

पोखरा महानगरपालिका कार्यपालिकाको  निर्वाचनमा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । एमालेबाट कार्यपालिकामा ५ महिला सदस्य, दलित अल्पसंख्यकबाट ३ गरी ८ जना निर्वाचित भएका हुन् ।  एमालेका महिला सदस्यका उम्मेदवारहरु राधिकाकुमारी शाही योगीले १ सय १९, सन्तुदेवी सुवेदीले १ सय १९, मनभुजा विकले १ सय १९ पुष्पा पहारी घलेले १ सय १९ र यशोधा भट्टराईले १ सय १९ मत ल्याएर विजयी भए । कार्यपालिकामा कांग्रेसका उम्मेदवार गोमा सुवेदीले ४८, विष्णु परियारले ४८, सीतादेवी बास्तोलाले ४८, तीर्थकुमारी गुरुङले ४८ र लक्ष्मी पराजुलीले ४८ मत ल्याएको मुख्य निर्वाचन अधिकृत नगेन्द्रलाल कर्णले बताए । दलित तथा अल्पसंख्यकबाट कार्यपालिकामा ३ सदस्यका लागि एमालेका उम्मेदवार चतुरे कामी विकले १ सय १९, ओमप्रसाद गौचनले १ सय १९ र बुधराज भुजेल (भीमसेन)ले १ सय १८ मत ल्याए ।

उनीहरुसँग पराजित कांग्रेस उम्मेदवार धु्रव विकले ४८, अशोक भट्टचनले ४८ र सुस्मिता परियारले ४८ मत ल्याएका थिए । जिल्ला समन्वय समिति कास्कीमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भएको निर्वाचनमा १ सय ६७ मतदाता थिए । निर्वाचनमा सबै मत खसेको थियो । पोखरा लेखनाथ महानगरपालिकका १ प्रमुख, १ उपप्रमुख, ३३ वडाका अध्यक्षहरु (सदस्य), ५ महिला सदस्य र ३ दलित वा अल्पसंख्यक सदस्य गरी ४३ सदस्यीय कार्यपालिका बनेको छ ।
निर्वाचित महिला सदस्यहरुबाट कार्यपालिकाको महिला सदस्य र दलित तथा अल्पसंख्यकमा निर्वाचित जनप्रतिनिधि बाहिरबाट उम्मेदवारी दिन पाउने प्रावधान छ । मुख्य निर्वाचन अधिकृतको कार्यलयले स्थानीय तहको निर्वाचनमा सम्बन्धित पार्टीले पाएको चुनाव चिह्न भन्दा माथि उम्मेदवारको नाम राखेर निर्वाचन गराएको हो । मुख्य निर्वाचन अधिकृत नगेन्द्रलाल कर्णले शुक्रबारै कार्यपालिकाका सदस्यलाई प्रमाणपत्र प्रदान गरी पद तथा गोपनियताको सपथ ग्रहण गराए ।

(26)

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *