Home Business दौतरी भान्छा घर सञ्चालनमा

दौतरी भान्छा घर सञ्चालनमा

6
0

पोखराको सबैभन्दा पुरानो दौतरी दोहोरी साँझले भान्छा घर सञ्चालनमा ल्याउन लागिएको छ । जेठ १५ गतेबाट पुर्णरुपमा सञ्चालनमा आउने दौतरी भान्छा घर दोहोरीको मज्जा लिन आउनेहरुका लागि खोलिएको सञ्चालक वीरेन्द्र केसीले बताए । ‘दोहोरी पारखीले थकाली स्वादको खाना खान पाउनुहुनेछ,’ केसीले भने, ‘पाहुनाहरुको अत्याधिक मागलाई मध्यनजर गर्दै भान्सा घर सञ्चालनमा ल्याउन लागिएको हो ।’

रातमा दोहोरी साँझमा आउने दर्शकले खानाको समस्या देखेकोले भान्छा घर खोलिएको केसीले बताए । ‘दोहोरी सुनेर दर्शक खानाको लागि भौतारिने गरेको देखियो,’ उनले भने, ‘त्यसैले दोहोरीमा आउने दर्शकलाई खानाको पनि व्यवस्था गरेका छौं ।’ साँग्रीला होटेल लगायतमा ९ वर्ष अनुभव सँगालेका युवराज पौडेल सेभको रुपमा ल्याइएको उनले बताए । ‘सस्तोमा सुलभ खाना खुवाउने छौं,’ उनले भने, ‘अरु थकालीमा भन्दा सस्तो र गुणस्तर खुवाउँछौ ।’ उनका अनुसार भान्छा घरमा खाना आउने ग्राहकले प्रोजेक्टरमार्फत दोहोरी हेर्न पाउने छन् ।

बिहान ९ बजेदेखि राति ११ बजेसम्म भान्छा घर खुल्ला हुने उनले बताए । पोखरामा अन्य दोहोरी साँझ मध्ये पहिलो पटक भान्सा घर सञ्चालनमा ल्याइएको केसीको दावी छ । ‘दोहोरी र भान्छा घर गरी ४८ जनाले रोजगार पाएका छन्,’ उनले भने, ‘विदेशीन लागेका युवाहरुलाई यही रोजगार दिन लागेका हौं ।’ केसीका अनुसार दोहोरी र भान्छा घरमा ९० लाख रुपैयाँ लगानी छ । केसीसँगै सुमन केसी, दीपक न्यौपाने र निर्मल भण्डारीको संयुक्त लगानी रहेको छ ।

(6)

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *