Home News Nepal गोल्डस्टार जुत्ता लगाउँछन् पोखराका मेयर

गोल्डस्टार जुत्ता लगाउँछन् पोखराका मेयर

8
0

अर्जुन गिरी
साधारण सर्ट पाइन्ट, त्यसमाथि इस्टकोट, आँखामा चस्मा, खुट्टामा गोल्डस्टार जुत्ता । निम्न मध्यम वर्गीय साधारण नेपालीको हुलियाभन्दा फरक छैन मानबहादुर जिसीको पनि । नमुस्कुाराइ बोल्न नजान्ने, चिनेजानेका सबैसँग आत्मीयतापूर्वक बोल्नेहाँस्ने यिनै मानबहादुरको हातमा मुुलुककै सबैभन्दा ठूलो महानगरपालिका पोखरा लेखनाथको बागडोर आइपुगेको छ । उनका बाजे गाउँका मुखिया थिए भने बुवा पञ्चायतका वडा अध्यक्ष थिए । खेतीपाती प्रशस्त थियो, खान लगाउनको दुख थिएन । ‘अहिले पनि बाले होइन बाजेले कमाएको सम्पतीले पुगेकै छ,’ उनले सगर्व सुनाए । २०४९ अघि नै बिएड उत्तीर्ण उनका सामु त्यतिबेला १०÷१२ हजारको जागिर खान समस्या हुन्थेन । तर पैसा कमाउने ध्याउन्न उनलाई आए । दुई पटक गाविस अध्यक्ष भए र एकपटक दोस्रो संविधान सभाको चुनावमा उठे तर,प्रतिस्पर्धी कांग्रेसका यज्ञबहादुर थापासँग केवल २ सय ७२ मतले पछाडि परे । सार्वजनिक लाभको पदमा पनि खास लोभलालच होइन उनको । यसपालि मेयरको उम्मेदवार बन्न पार्टीभित्रै चुनाव हुँदा जिसी १ नम्बरमा आएका थिए । त्यसैले पार्टी केन्द्रले उनैलाई टिकट दियो र चुनाव पनि जिते ।


पोखरा महानगरपालिकामा ठूलो मतान्तरले एमालेबाट मेयर निर्वाचित भए जिसी । निकटतम् प्रतिस्पर्धी कांग्रेस उम्मेदवार रामजी कुँवरभन्दा१३ हजार७ सय २ बढी मतले जिसी विजयी भएका हुन्। जिसीले ६० हजार ४ सय २३ मत ल्याए भने कुँवरले ४६ हजार ४ सय १६ मत प्राप्त गरे । मत गणना हुँदा १ देखि ३३ वडासम्म ४ वडामा मात्र कुँवरले अग्रता लिए भने अन्य सबै वडामा जिसीकै अग्रता रह्यो । २०३७ सालमा राजनीतिमा चालेको जिसीको कदमले आज मेयर पदसम्म पु¥याएको छ । कालिका गाविसबाट२०३५ सालतिर पृथ्वीनारायण क्याम्पसको व्यवस्थापन संकायमा भर्ना भएका जिसीको चाहन त्यस बेला राजनीति थिएन । ‘त्यो बेला लाहुरे हुन्छु भन्दै हिँडेको थिएँ,’ जिसीले खुसीसँगै विगत सुनाए, ‘छनोटमा परेर १९ दिन पछि म फालिएँ ।’
त्यसपछि शिक्षण पेसा रोजेका उनले फेरि अध्ययनलाई निरन्तरता दिएका थिए । छिमेकी गाउँ माझठानाको रत्नशोभा निमाविमा पढाए । जागिर छाडेर आइएड पढ्न फेरि पोखरा झरे । त्यो पढाइ सकेर फेरि पनि शिक्षकै भए । कालिका गाउँकै बमचन्द्रकला प्राविमा छँदाखाँदाको शिक्षकबाट उनलाई गाउँ पञ्चायतले बर्खास्त गरेको थियो । त्यसपछि पनि उनी पूरै राजनीतिमा होमिएका थिएनन् । ४४ सालमा शिक्षकबाट खोसुवामा परेपछि उनले स्नातक तह पढ्न थाले । २०४९ सालमा पढाइ के सकिएको थियो, पार्टीले उनलाई कालिका गाविसमा अध्यक्ष उठायो । चुनाव जिते पनि । २०५४ सालमा पनि फेरि गाविस अध्यक्ष भए कालिकामै ।
कास्की जिल्ला पार्टी सदस्य, सचिव, अध्यक्ष हुँदै जिल्ला इन्चार्ज र केन्द्रीय वैकल्पिक सदस्य बनेका जिसी अहिले देशकै सबैभन्दा ठूलो महानगरमा मेयरको बागडोर समाल्ने भएका छन् । ‘अब पोखराको समृद्धिमा ध्यान केन्द्रित गरेर अघि बढ्ने छु,’ जितपछिको  कुराकानीमा जिसीले भने, ‘यहाँको विकासका लागि आवधिक योजना बनाएर अघि बढ्ने छु ।’
२०६२ सालमा राजाको शासनविरुद्ध आन्दोलनमा उत्रिएपछि उनी ६२ दिन जेल परेका थिए । ‘२०६२ सालमा राजा ज्ञानेन्द्र शाहको शासनविरुद्ध आवाज उठ्न थालिसकेका थिए,’ उनले सम्झिए, ‘फागुन ७ गते राजा ज्ञानेन्द्रको शासनविरुद्ध कार्यक्रम सार्वजनिक भइसकेको थियो ।’ विरोधको कार्यक्रम गर्दा सेनाले पक्राउ गरेको उनले सुनाए । ‘मसँगै रवीन्द्र अधिकारी, राजीव पहारी, श्रीनाथ बराल लगायत पक्राउ प¥यौं,’ उनले भने, ‘६२ दिन जेल बस्नुप¥यो ।’ रिहाइको माग गर्दै रिट हालेपछि उनीहरुलाई अदालतले छाड्ने आदेश दिएको थियो ।
पृथ्वीनारायण क्याम्पसमा अध्ययन गर्दै जाने क्रममा ३०३७ सालमा अखिलको प्रारम्भिक कमिटीमा आवद्ध भएर उनी राजनीतिमा अघि बढे । उनी अखिलमा लागिरहँदा उनको परिवारको भने पञ्चायतसँग घनिष्टता थियो । ‘परिवार र मेरो राजनीतिक तालमेल थिएन,’ उनले भने, ‘त्यस वेला मैले फरक बाटो रोजें ।’जिसीका बुवा नरबहादुर पञ्चायती व्यवस्थामा वडाध्यक्ष थिए ।
जिसी अहिले पनि पोखरा फूलबारीमा डेरा लिएर बस्छन् । कतै जानआउन परे पैदल यात्रा नै उनको रोजाइ हुन्छ, गोल्डस्टार जुत्ता लगाएर पोखराका सडक किनारमा ठमठम हिँडिरहेका जो भेटिइरहन्थे उनी । हतारमा भने साथीभाइसँग लिफ्ट लिन्थे । पोखराको मेयर र त्यो पनि भारी मत ल्याएर हुन सक्नुको जस उनी आफ्ना साथीभाइ, आफन्त र पार्टीलाई दिन्छन् । ‘यसले अवसर पाएको छैन, पाए पनि बेइमान गर्दैन भन्ने आममतदाताको विश्वास हो,’ जिसीले सुनाए । अब भने साथीभाइ र विज्ञहरुको सरसल्लाहमा पोखरालाई समृद्धिको राजमार्गतिर डो¥याउने उनको योजना छ ।

(8)

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *