Home News Nepal रुपा गाँउपालिकाकाे प्रमुखमा एमालेका ओझा विजयी

रुपा गाँउपालिकाकाे प्रमुखमा एमालेका ओझा विजयी

8
0

कास्कीको रुपा गाँउपालिका प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी भएका छन् ।  गाउँपालिका अध्यक्षमा एमालेका नवराज ओझा र उपाध्यक्षमा एमालेकै लालसुब्बा गुरुङ बिजयी भएका हुन् । ओझाले काँग्रेस उम्मेदवार प्रकाश मोहन खनाललाई ८ सय ९७ मतान्तरले पराजीत गदै प्रमुख बनेका हुन् ।

ओझाले  ४ हजार २ सय २ मत मत ल्याए भने  खनालको ३ हजार ३ सय ५ आयो । माओबादी केन्द्रकी उम्मेदवार निर्मला सुवेदीले  ३ सय ७० मत प्राप्त गरिन ।उपाध्यक्षमा पनि एमालेकी उम्मेदवार लालसुब्वा गुरुङ बिजयी भइन् ।। उनले निकटतम प्रतिद्धन्द्धी काँग्रेसकी उम्मेदवार गिमाया गुरुङलाई ५ सय ५७ मतान्तरले पराजीत गरिन ।लालसुब्वाको ४ हजार १३ मत आयो  भने गिमायाको ३ हजार ४ सय ५६ मत छ ।

(8)

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *