Home News Nepal एसियाली यु–१२ टेनिस च्याम्पियनसिप भोलिदेखि

एसियाली यु–१२ टेनिस च्याम्पियनसिप भोलिदेखि

9
0

अखिल नेपाल लनटेनिस संघ (एएनएलटीए) को आयोजनामा आईटीएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपको दक्षिण एसियाली छनोट प्रतियोगिता सोमबारदेखि सुरु हुँदैछ ।प्रतियोगितामा दक्षिण एसियाका नेपालसहित बंगलादेश, भुटान, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंका गरी ७ राष्ट्रका २० ब्वाइज र १७ गल्र्स गरी ३७ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । ब्वाइजमा ७ तथा गल्र्समा ६ राष्ट्रको समहभागिता रहने छ । नेपाल, श्रीलंका, बंगलादेश, माल्दिभ्स र भारतबाट समान ३-३ ब्वाइज÷गल्र्सले प्रतिस्पर्धा गर्नेछन् । भुटानबाट २÷२ ब्वाइज÷गल्र्स तथा पाकिस्तानबाट ३ ब्वाइज खेलाडीले भाग लिदै छन् ।

विदेशी खेलाडीसहित अफिसियल, आईटीएफ प्रतिनिधि सुनील गिल र आईटीएफ रेफ्री प्रवीण नायक काठमाडौं आइसकेको आयोजकले जनाएको छ । उीहरु सबैलाई होटल रोयल सिंगीमा राखिएको छ । नेपालबाट ब्वाइजमा आर्यन गिरी, आरभसम्राट हाडा र अकी जुवेन रावत तथा गल्र्समा इशाश्री शाह, सर्भानी श्रेष्ठ र सुभाङ्गीलक्ष्मी शाहले प्रतिस्पर्धा गर्नेछन् । कृष्णराज घलेलाई ब्वाइज तथा श्रीराम मगरलाई गल्र्सतर्फ प्रशिक्षकको जिम्मेवारी सुम्पिएको छ ।

सहभागी राष्ट्रलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन् । फाइनल पुग्ने दुई राष्ट्र यसै वर्षको डिसेम्बरमा काजाकिस्तानमा हुने आईटीएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपका लागि छनोट हुने बताइएको छ ।ब्वाइजतर्फ नेपाल रहेको समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र पाकिस्तान छन् भने समूह ‘ए’ मा भारत, माल्दिभ्स र भुटान रहेका छन् । त्यस्तै गल्र्सको समूह ‘ए’ मा नेपाल, माल्दिभ्स र भारत तथा समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र भुटान छन् ।

टिम स्पर्धामा एक राष्ट्रले दुई सिंगल्स र एक डबल्स खेल खेल्नु पर्नेछ । छदिनसम्म चल्ने प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा खेलाइनेछ । लनटेनिस संघले ९ महिनाको अवधिमा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न लागेको यो तेश्रोपटक हो । यो भन्दा अगाडि २०१६ को सेप्टेम्बरमा एएनएलटीए÷एसियाली ¥याङकिङ यु–१४ टेनिस प्रतियोगिता भएको थियो भने गत फेब्रुअरीमा नेपाल आईटीएफ यु–१८ जुनियर ग्रेड– ५ टेनिस प्रतियोगिता संघले आयोजना गरेको थियो ।

(9)

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *