Home Celebrity कभरसङ विजेतालाई १ लाख

कभरसङ विजेतालाई १ लाख

5
0

‘प्रेम गीत–२’ निर्माण युनिटले कभर गीत प्रतियोगितालाई निरन्तरता दिएको छ । यसअघि आसुसेन फिल्मले निर्माण गरेको ‘प्रेम गीत’ को कभरसङ ‘म यस्तो गीत गाउँछु’ लाई पनि युटुबमार्फत गायनको खोजी गरिएको थियो । त्यस सिजनबाट सागरसंसार राईले जितेका थिए । उनले ‘प्रेम गीत २’ को एउटा गीत गाउने अवसर पाएका छन् ।
प्रेम गीत २ फिल्मको टाइटल गीत ‘कहानी यो प्रेम गीतको’ कभरलाई गाउने कलाकारको पुन खोजी गरिएको छ । फिल्म निर्माण टिम गायन कलाकारको खोजी गर्दै बिहीबार पोखरा आएको छ । पोखरा कला, संस्कृतिको धनी भएकाले यहाँबाट थुप्रै गायन प्रतिभा सहभागी हुने फिल्मका निर्माता सन्तोष सेनले बताए । फिल्मको कभरसङ गाएर आफ्नै युट्युब च्यानलमा अपलोड गरी उक्त लिंक आफ्नो परिचयका साथ पठाउनुपर्ने हुन्छ । गाएको भिडियो असार २० गतेसम्म पठाइसक्नुपर्ने सेनले बताए ।
गीत गाउँदा कुनै पनि म्युजिकल इन्स्टुमेण्ट, भिडियो डिभाईस वा हाइलाइट्स नेपालको युटियुब च्यानलमा उपलब्ध लिरिकल ट्रयाकमा गाएर पठाउन सक्ने प्रावधान गरिएको छ । भिडियोलाई हाइलाइट्स नेपालले असार २० गतेदेखि आफ्नो युटियुब च्यानलमा अपलोड गर्नेछ ।
भिडियोलाई प्रतियोगीले साउन २५ सम्म प्रचार गरी भ्युर्अस बढाउन सक्ने सेनले बताए । युटुब भ्युर्असका आधारमा उत्कृष्ट १० जना र वाइल्ड कार्डमार्फत उत्कृष्ट ५ गरी १५ जना फाइनलका लागि छनोट गरिने पब्लिसिटी म्यानेजर किरण आचार्यले बताए ।
‘प्रतियोगीले निर्णायकसामु आफ्नो गायन प्रतिभा प्रदर्शन गर्नुपर्नेछ,’ उनले भने, ‘निर्णायक मण्डलकै निर्णयको आधारमा १ जना पुरुष र १ जना महिलालाई विजेता घोषणा गरिनेछ । विजेता दुबै महिला, पुरुषले जनही १ लाखसहित आसुसेन फिल्मसले निर्माण गर्ने आगामी चलचित्रमा गाउने अवसर प्राप्त गर्ने छन् ।’

(5)

Facebook Comments

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *