Home News International कोरियाको मिसाइल ध्वस्त पार्न अमेरिकन कमान्डो तयारी

कोरियाको मिसाइल ध्वस्त पार्न अमेरिकन कमान्डो तयारी

39
0

उत्तर कोरियासँग तनाव बढ्दै गएपछि अमेरिका ‘भिड्ने’ मनस्थितिमा पुगेको छ । उत्तरसँगको समस्या सल्टाउन अब वार कि पारको अवस्थामा अमेरिका पुगेको बताउदै राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश अनुसार उक्त निर्णय गरिएको हो । स्पेसल अपरेशन कमान्ड प्रमुख जनरल रेमन्ड ए थोमसले उत्तरले अब कुनै हर्कत गरे आक्रमण गर्न अमेरिको तयार भएको प्रतिक्रिया दिएका छन् ।

जनरल थोमसले भनेका छन्, ‘उत्तर कोरियाको मिसाइल ध्वस्त पार्न अमेरिकन कमान्डो तयारी अवस्थामा बसेका छन् ।’ थोमसका अनुसार अमेरिकाका जल, थल र हवाई युद्धका ८ हजार स्पेसल कमान्डोलाई एकत्रित गरिसकिएको छ । अमेरिका सुरक्षा विज्ञहरुका अनुसार उत्तर कोरियाको मिसाइल स्टेसनहरु देशभर भूमिगत स्थानमा राखिएका छन् । र, त्यहीबाट परिचालन हुनेछन् । विज्ञहरुले उक्त स्थानहरुको पहिचान गरेको समेत दाबी गरेका छन् ।

एक्सप्रेस डट को युकेका अनुसार अमेरिका उत्तर कोरियामात्र हैन उसलाई सहयोग गर्ने देसविरुद्ध समेत लड्ने तयारीमा रहेको छ । शक्तिसम्पन्न राष्ट्र चीनले बुधबार शान्त रहन र एकअर्कालाई चिढ्याउने खेल बन्द गर्न अपील गरेको थियो । तर, उत्तर कोरियाले भने अमेरिकाले परमाणु युद्धका लागि उक्साइरहेको प्रतिक्रिया दिएको छ ।

 

(39)

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *