Home News Nepal प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता

12
0

सरकारले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेको छ। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरूले आइतबार दिउँसो संसदमा कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका गरेका हुन्। महाअभियोग प्रस्तावमा कांग्रेस सांसद मिन विश्वकर्मा प्रस्तावक र समर्थकमा माओवादीका प्रमुख सचेतक टेकेन्द्रबहादुर बस्नेत छन्।

सांसद विश्वकर्माले महाअभियोग प्रस्ताव दर्ता गरेको पुष्टि गरे। अभियोगमा २४९ सांसदको हस्ताक्षर छ। महाअभियोग प्रस्तावमा नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदले हस्ताक्षर गरेका छन्।  महाअभियोग प्रस्ताव दर्तासँगै कार्कीलाई निलम्बन गर्न राष्ट्रपति कार्यालयमा पत्र पठाइसकिएको छ।

प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता भएको नेपालको न्यायिक इतिहासमा यो पहिलो घटना हो। प्रहरी महानिरीक्षक नियुक्तिको विवादलाई लिएर अदालतमा परेको मुद्दामा आदेश गर्दा कार्यकारीको अधिकारमाथि हस्तक्षेप गरेको आरोपमा कार्कीमाथि महाअभियोग प्रस्ताव दर्ता गरिएको हो। कार्की आउँदो जेठ २४ गते उनी अनिवार्य सेवानिवृत्त हुँदै थिइन् ।

(12)

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *