Home Business केएफसी पोखरा लेकसाइडमा

केएफसी पोखरा लेकसाइडमा

37
0

बहुराष्ट्रिय कम्पनी केएफसी रेस्टुरेन्टले पोखरामा शनिबारबाट शाखा सञ्चालनमा ल्याएको छ ।नेपालमा काठमाडौंको दरबारमार्ग र त्रिपुरेश्वरमा सञ्चालित केएफसीले राजधानीबाहिर पहिलो पटक पोखरामा शाखा स्थापना गरेको मार्केटिङ म्यानेजर दीप्सा भट्टले जानकारी दिइन् । देव्यानी इन्टनरनेसनल नेपाल प्रालिले नेपालमा केएफसी सञ्चालन गर्दै आएको छ ।

काठमाडौंपछि दोस्रो ठूलो बजार भएकाले केएफसीले पोखरालाई रोजेको भट्टले बताइन् । केएफसीको वास्तविक स्वाद पोखरामा उपलब्ध हुने कम्पनीको दाबी छ । अमेरिकी ब्राण्ड केएफसी नेपालमा सन् २००९ अक्टोबरमा सञ्चालनमा आएको हो । पोखरा शाखामा १ सय ५५ जनाको क्षमता छ । भट्टले भनिन्, ‘बिहान ११ देखि राति ११ बजेसम्म केएफसी पोखरा खुल्ला रहन्छ ।’

(37)

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *