Home Sports Football ज्लातान, रुनी र पोग्बा बिनाको युनाइटेडलाई सिटीले हराउन सकेन।
ज्लातान, रुनी र पोग्बा बिनाको युनाइटेडलाई सिटीले हराउन सकेन।

ज्लातान, रुनी र पोग्बा बिनाको युनाइटेडलाई सिटीले हराउन सकेन।

28
0

म्यानचेस्टर सिटीको घरेलु मैदान इथियाड स्टेडियममा सम्पन्न म्यानचेस्टर डर्बी गोलरहित बराबरीमा टुङ्गिएको छ। इङ्ग्लिस प्रिमियर लिग अन्तर्गतको खेलको ८४ औं मिनेटमा युनाइटेडका लेफ्ट ब्याक मरूउने फेलाइनीले दोहोरो पहेंलो कार्ड खाँदै मैदान बाहिरिए पछि लगभग १२ मिनेट १० खेलाडीमा सिमित युनाइटेडलाई सिटीले हराउन सकेन।

६९ % बल पोसेसनमा खेलेको म्यानचेस्टर सिटीले थुप्रै गोल गर्ने अवसरहरुको सिर्जना गरे पनि रक्षात्मक रणनीतिका साथ मैदान उत्रिएको युनाइटेडले ति कुनै पनि प्रयासहरु सफल हुन दिएन। युनाइटेडका लागि गोलकिपर डेभिड हिया नायक रहे। उनले कुल १९ गोलको प्रयास गरेको सिटीका ६ सम्भावित गोलहरुको उत्कृष्ट बचाउ गरे।

युनाइटेडका गोलकिपर डेभिड हियाले उत्कृष्ट बचाउ गर्दै गरेको सांकेतिक तस्वीर।

बदलामा युनाइटेडले भने जम्मा ३ गोलका अवसरहरु सिर्जना गर्यो जस मध्ये सम्भावित १ गोल सिटीका गोलकिपर ब्राभोले बचाए।

सिटीका लागि अतिरिक्त समयका ग्यब्रिएल जिससले बललाई जाली चुमाए पनि एसिस्टेन्ट रेफ्रीले उनको पोजिसनलाई अफ़्साइड झण्डा देखाएका थिए।

आज सम्पन्न डर्बीमा युनाइटेड आफ्ना पहिलो रोजाइका अधिकांश खेलाडी बिनै मैदान उत्रिएको थियो। युनाइटेडका तर्फ़बाट स्टार खेलाडीहरु ज्लातान इब्राहिमोविक, जुआन माटा, पल पोग्बा, मार्कस रोजो, क्रिस स्मलिंग लगायतका खेलाडी अनुपस्थित रहे भने कप्तान वाएन रुनी भने बेन्चमै सिमित रहे।

म्यानचेस्टर सिटीका एट्याकिङ्ग मिड्फ़िल्डर डेभिड सिल्भाले पनि आजको खेल गुमाएका थिए।

यो बराबरीसँगै म्यानचेस्टर युनाइटेडको अपराजित यात्रा २४ खेलसम्म पुगेको छ। समान ३३-३३ खेल खेलेका सिटी ६५ र युनाइटेड ६४ अंकका साथ ई.पि.एल अंक तालिकाको क्रमश: चौथो र पाँचौं स्थानमा रहेका छन्। दुबिया टोली भन्दा १ खेल बढी खेलेको लिभरपुल ६६ अंकका साथ तेस्रो स्थानमा छ।

(28)

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *