Home News Nepal यस्तो छ कांग्रेसको घोषणापत्र

यस्तो छ कांग्रेसको घोषणापत्र

8
0

नेपाली कांग्रेसले बर्सेनि ३ देखि ५ लाख रोजगारी सिर्जना गर्ने लगायत महत्वाकांक्षी घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा मंगलबार सभापति शेरबहादुर देउवाले घोषणापत्र सार्वजनिक गर्दै मुलकलाई मध्यम आययुक्त राष्ट्र बनाउन कम्तीमा १ दशकसम्म वार्षिक ७ देखि १० प्रतिशत सम्मको आर्थिक वृद्धि दर निरन्तर हासिल गर्ने योजना सुनाए ।
ऊर्जा, पर्यटन र कृषिका साथै उत्पादनमूलक उद्योग र नयाँ प्रविधि एवं व्यापारयोग्य सेवा वृद्धिका लागि स्वदेशी र विदेशी लगानीको परिचालन गरिने घोषणापत्रमा उल्लेख छ । स्थानीय तहमा उद्यमशीलताको लहर ल्याउन युवाको सीप विकास गर्दै कृषि, ऊर्जा, साना तथा मझौला उद्योग र पर्यटकीय गतिविधि विस्तारमा पार्टीले जोड दिएको छ । ‘उन्नत बीउ, कर्जा र बिमा, वैकल्पिक ऊर्जा, साना जलविद्युत् र सिंचाइका आयोजनामार्फत उत्पादकत्व बढाउनु कांग्रेसको लक्ष्य हुनेछ,’ घोषणापत्रमा उख्लेख छ ।
युवालाई प्रोत्साहन दिई स्वरोजगारको प्रवद्र्धन गर्न १ ‘युवा उद्यम चुनौती कोष’को कार्यान्वयन गर्ने कांग्रेसले जनाएको छ । नवीन सोचसहितको युवा जाँगर र उद्यमशीलता प्रयोग गर्न १६ देखि ४५ वर्षसम्मका युवालाई लक्षित सहुलियतपूर्ण वित्तीय कार्यक्रम ल्याइने जनाइएको छ ।  कांग्रेसले कृषि क्षेत्रको आधुनिकीकरण र उत्पादन वृद्धि स्थानीय सरकारले कृषि, भूमि, वन, सिंचाइ र खानेपानीजस्ता क्षेत्रमा प्राकृतिक स्रोत व्यवस्थापनमा संलग्न स्थानीय समुदायलाई भरपर्दो सहयोगी संस्थाका रुपमा परिचालन गर्ने जनाएको छ । खानी तथा खनिज पदार्थको संरक्षण र उपयोगसम्बन्धी नीति र मापदण्ड तयार गरी कार्यान्वयन गर्ने पार्टीले जनाएको छ ।
कांग्रेसले संघीय बजेटको ५० प्रतिशतभन्दा बढी हिस्सा (आगामी आर्थिक वर्षमा करिब ६ सय अर्ब रुपैयाँ) सिंहदरबारबाट प्रदेश, गाउँ र नगरपालिकामा सोझै पठाउने प्रतिबद्धता जनाएको छ ।  ज्येष्ठ नागरिकलाई दिइरहेको हालको मासिक सामाजिक सुरक्षा भत्तामा उल्लेख्य वृद्धि गर्ने र प्रत्येक २ वर्षमा त्यसको पुनरावलोकन गरिने कांग्रेसले उल्लेख गरेको छ । प्रत्येक गाउँपालिकामा एउटा एकीकृत ज्येष्ठ नागरिक सेवा आश्रम स्थापना गरिने कांग्रेसको प्रतिवद्धता छ ।
आगामी १० वर्षभित्र नेपालमा भोकमरी र कुपोषणको अन्त्य गर्न तथा आर्थिक असमानताको न्यूनीकरण गर्दै गरिबीको रेखामुिन रहको जनताको अंश ३ प्रतिशतभन्दा मुनि ल्याउने कांग्रेसले संकल्प गरेको छ ।  कांग्रेस स्थानीय सरकारको ५ वर्षको अवधिभित्र १५ देखि २४ वर्ष उमेर समूहका नेपालीमाझ शत प्रतिशत साक्षरता हासिल गर्ने जनाएको छ । स्थानीय सरकारले माध्यमिक र प्राविधिक शिक्षालाई गुणस्तरीय र सर्वसुलभ बनाउने कांग्रेसको योजना छ ।
आगामी १० वर्षभित्र शिशु मृत्यु दरलाई प्रति १ लाख जीवित जन्ममा ५ भन्दा कम र मातृ मृत्युदरलाई ५० भन्दा कम गर्ने अठोट गरेको छ । मलेरिया, कालाज्वर, डेंगु, हेपाटाइटिसलगायत पानीजन्य रोगबाट कसैको पनि मृत्यु नहुने स्वास्थ्य नीति र संरचना बनाउने लक्ष्य पार्टीले लिएको छ ।
हरेक गाउँपालिकामा प्रसूति सेवासहितको १५ शड्ढयाको अस्पताल निर्माण, सबै नगरपालिकामा २५ देखि ५० शड्ढयाको आधुनिक अस्पताल निर्माण गरिने कांग्रेसले जनाएको छ ।
स्वदेशी तथा विदेशी उत्पादनमूलक उद्योगको प्रवद्र्धन हुने गरी स्थानीय सरकारले ५० प्रतिशतसम्मको महसुल छुटमा ऊर्जा उपलब्ध गराउने, सार्वजनिक स्थलमा स्वच्छ तथा नवीकरणीय ऊर्जाको प्रयोग गरिने घोषणापत्रमा उल्लेख छ । कृषकद्वारा व्यवस्थित गरिएका सिंचाइ प्रणालीलाई भरपर्दो, आधुनिक र दिगो बनाइने भएको छ ।
कांग्रेसले १ सय वाटसम्मका एफएम सञ्चालनको अनुमति दिने, नवीकरण गर्ने र नियमन गर्ने कार्यद्वारा स्थानीयस्तरमा एफएम प्रणालीको विस्तार गरिने घोषणापत्रमा उल्लेख गरेको छ । स्थानीय तहमा इन्टरनेट सेवा, टेलिसेन्टर र स्थानीय टेलिभिजन प्रसारणको अनुमति, नवीकरण र नियमन कार्य स्थानीय सरकारले गर्ने कांग्रेसको योजना छ । केन्द्रीय, प्रादेशिक र स्थानीय तहमा पत्रपत्रिकालगायत अन्य प्रकाशनमा कल्याणकारी विज्ञापनलाई प्रोत्साहन दिँदै १ वडा १ बुलेटिनको अभियानमार्फत नागरिकलाई सुसूचित घोषणापत्रमा उल्लेख छ ।

(8)

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *