Home Australia अष्ट्रेलियामा सत्यराज र स्वरुपराजकाे कन्सर्ट

अष्ट्रेलियामा सत्यराज र स्वरुपराजकाे कन्सर्ट

3
0

नेपाली सुगुम क्षेत्रमा नक्षत्रका रुपमा रहेको सत्यराज र स्वरुपराज आचार्यको मेल्बर्नमा लाइभ कन्सर्ट हुने भएको छ । नेपाली स्रोताका माझ प्रीय यी दुई दाजुभाईको उपस्थितिमा यही अप्रील २८ तारिखमा ‘सही हो’ इभेन्ट्सको आयोजनामा मेल्बर्नमा कन्सर्ट हुन भएको हो । मेल्बर्नको एस्कटभेलमा हुने यो कार्यक्रमलाई सफल पार्न अहिले आयोजकले तयारी तीव्र पारेको छ । अघिल्लो वर्ष कर्णदास को भब्य संगीतिक इभेन्ट आयोजना गरेको ‘सही हो इभेन्ट्स’ ले सिडि्नबाट ल्याएका ब्याकप म्युजिसियनसहित सत्य-स्वरुपलाई लाइभ कन्सर्टमा उतार्दै छ ।

यो एउटा नेपाली सुगम संगीत प्रतिको सम्मान भएको भन्दै यसलाई अबिस्मरणीय साँझ बनाउन लागि परेको ‘सही हो इभेन्ट्स’ का उज्ज्वल घिमिरेले बताए । कार्यक्रममा मेल्बर्नका स्थानीय प्रतिभाहरु अशोक खतिवडा र श्याम छन्त्यालले नेपाली सुगम संगीतका मुर्धन्य श्रष्टाहरु स्वरसम्राट नारायणगोपाल, गोपाल योन्जनप्रति सम्मानका साथ उनीहरुका गीतहरु प्रस्तुत गर्ने छन भने डिजे मिस्टाको रिमिक्ससँगै कार्यक्रमको समापन हुने आयोजकले जनाएको छ ।

 

(3)

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *