Home Business मनिपालका डाक्टरहरुले भने ‘घाइते ल्याएकाे खबरै भएन’

मनिपालका डाक्टरहरुले भने ‘घाइते ल्याएकाे खबरै भएन’

9
0

अर्जुन गिरी

स्वास्थ्य मन्त्रालय गठन गरेको कार्यदलले सोमबार मनिपाल मेडिकल कलेजलाई स्पस्टीकरण बुझाएको छ ।  मन्त्रालयको चिकित्सा सेवा महाशाखाका प्रमुख डा. भोलाराम श्रेष्ठ संयोजक रहेको ३ सदस्यीय कार्यदल सोमबार नै पोखरा आएर प्रारम्भिक अध्ययन पनि थालेको छ । कार्यदलमा नेपाल मेडिकल काउन्सिलका सदस्य डा. ढुण्डिराज पौडेल र मन्त्रालयका उपसचिव भवनाथ खतिवडा छन् ।

मुस्ताङको कागबेनीमा शनिबार बस दुर्घटनामा परी घाइते भएका १५ जनालाई हेलिकोप्टरबाट मनिपाल ल्याइएकोमा उपचार गर्न नसकिने भन्दै कलेज प्रशासनले अन्यत्र पठाएको घटनापछि आइतबार मन्त्रालयले कार्यदल बनाएको हो ।

गम्भीर अवस्थाका बिरामीलाई अस्पतालको आन्तरिक विवादका कारण फर्काइएको समाचारलाई आधार बनाएर छानबिन थालिएको मन्त्रालयले जनाएको छ । कार्यदल संयोजक श्रेष्ठले भने,‘हामीले आज(सोमबार) मन्त्रालयले पठाएको स्पस्टीकरण बुझाएर, कर्मचारी आन्दोलन लगायत विषयवस्तुसँग सम्बन्धित कागजात र जानकारी माग गर्‍यौं ।’

खबरै गरिएनः डाक्टर
कागबेनी दुर्घटनाका घाइतेलाई मनिपाल शिक्षण अस्पतालमा ल्याएको बारेमा अस्पताल प्रशासनले कुनै जानकारी नै नगराएको मनिपाल शिक्षण कर्मचारी एसोसिएसनले जनाएको छ ।घटनाको दिन शनिबार परेकाले आफूहरू कलेजमा हाजिर नभएको र मनिपालमा हेलिकोप्टरबाट घाइते ल्याएको खबर सञ्चारमाध्यमबाट मात्रै थाहा पाएको एसोसिएसनका सचिव डा. दीपकप्रसाद कोइरालाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । घाइतेहरूको विषयमा अस्पतालले जानकारी नदिई गेटबाटै फिर्ता गराएको एसोसिएसनले जनाएको छ ।

 

(9)

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *