Home Sports Football क्रिष्टल प्यालेसले लिभरपुललाई उसकै घरमा हरायो।
क्रिष्टल प्यालेसले लिभरपुललाई उसकै घरमा हरायो।

क्रिष्टल प्यालेसले लिभरपुललाई उसकै घरमा हरायो।

7
0

अप्रत्यासित नतिजा निकाल्दै रेलिगेसन जोन नजिक संघर्ष गरिरहेको क्रिष्टल प्यालेसले ईङ्ग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा रहेको लिभरपुललाई २-१ गोल अन्तरले हराएको छ। प्यालेसको जितमा बेल्जियन स्ट्राइकर क्रिश्टियन बेन्टेके नायक बने।

लिभरपुल विरुद्धका दुवै गोल बेन्टेकेले गरेका हुन्। खेलको २४ औं मिनेटमा कटिन्होले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए पनि ४३ औं मिनेटमा गोल फर्काउँदै बेन्टेकेले बराबरी बनाएका हुन्। बेण्टेको उक्त गोल संगै पहिलो हाफ १-१ को बराबरीमा सकिएको थियो।

दोस्रो हाफमा दुवै टोलीले गोल गर्ने प्रशस्त प्रयास खेर फाले। घरेकु मैदानमा शिर्ष दौडमा रहेको लिभरपुलले बलियो पकड जमाए पनि दोस्रो गोल थप्न भने सकेन। यसै क्रममा पान्चियोनले मिलाइदेको अवसरलाई सदुपयोग गर्दै बेन्टेकेले क्रिष्टल प्यालेसका लागि दोश्रो गोल गरे। बेन्टेकोको यहि गोल लिभरपुललाई रोक्न काफी सावित भयो।

बेल्जियन स्ट्राइकर क्रिस्टियन बेन्टेके जसको २ गोलले लिभरपुललाई हरायो।

लिभरपुलको घरेलु मैदान एनफिल्डमा सम्पन्न खेलमा जर्गन क्लोपको टिम प्यालेससँग स्तव्ध बनेको हो।

घरेलु मैदानमा भएको अप्रत्यासित हारसँगै लिभरपुललाई शिर्ष ४ दौड असहज बनेको छ। ई.पि.एलको अंक तालिकामा लिभरपुल ६६ अंक सहित तेस्रो स्थानमा छ भने उसले भन्दा २ खेल कम खेलेको म्यानचेस्टर सिटी ६४ अंकका साथ चौथो स्थानमा छ। त्यसैगरी समान २ खेल कम खेलेको म्यानचेस्टर युनाइटेड ६३ अंक सहित पाँचौं स्थानमा छ।

इङ्ग्लिस प्रिमियर लिगको शिर्ष ४ स्थानमा पर्ने टिम आगामी वर्षको च्याम्पियन्स लिगका लागि छनोट हुन्छन्।

 

(7)

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *