Home Sports Football म्यानचेस्टर सिटीलाई हराउंदै आर्सनल एफ.ए कपको फाइनलमा।
म्यानचेस्टर सिटीलाई हराउंदै आर्सनल एफ.ए कपको फाइनलमा।

म्यानचेस्टर सिटीलाई हराउंदै आर्सनल एफ.ए कपको फाइनलमा।

3
0

अतिरिक्त समयमा म्यानचेस्टर सिटी लाई हराउंदै आर्सनल एफ.ए कपको फाइनलमा प्रवेश गरेको छ। निर्धारित समयमा १-१ को बराबरी भए पछि अतिरिक्त समयमा धकेलिएको खेलमा सिटीलाई आर्सनलले २-१ गोल अन्तरले हराएको हो।

खेलको पहिलो गोल भने ६२ औं मिनेटमा सिटिका सर्जियो अग्वेरोले गरेका थिए। याया टाउरेको पासमा गोल गर्दै अग्वेरेले सिटिका लागि १-० को अग्रता दिलाएका थिए।

पहिलो गोल गर्दै सुरुवाती अग्रता दिलाए पनि अग्वेरोले सिटीलाई जिताउन सकेनन्।

सुरुवाती अग्रता लिए पनि सिटीले त्यसलाई कायम गरिराख्न भने सकेन। खेलको ७१ औं मिनेटमा आर्सनलका लागि मनरियलले गोल गर्दै आर्सनललाई खेलमा फर्काए।

खेलको निर्धारित समयमा थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा गएको थियो। अतिरिक्त समयको ११ औं (१०१ औं मिनेट) मिनेटमा ड्यनि वेल्बेकको पासमा आर्सनलका लागि एलेक्सिस सान्चेजले दोस्रो गोल गरे। सान्चेजको यहि गोल नै खेलको अन्तिम गोल हुन पुग्यो र सिटीलाई २-१ ले पाखा लगाउंदै आर्सनल एफ.ए कपको फाइनल प्रवेश गर्यो।
एफ.ए कपको उपाधिका लागि आर्सनलले फाइनलमा चेल्सीको सामना गर्नेछ। यस अघि भएको पहिलो सेमिफाइनलमा टोटेन्ह्यामलाई ४-२ ले हराउंदै चेल्सीले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो। फाइनल खेल आगामी २७ तारिखमा खेलाइनेछ।

(3)

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *