Home News International हत्या गरिरहेको दृश्य फेसबुक लाइभ गरेपछि…

हत्या गरिरहेको दृश्य फेसबुक लाइभ गरेपछि…

14
0

अमेरिकाको ओहायो राज्यका प्रहरीले आफूले एक जनाको हत्या गरिरहेको दृश्य फेसबुक लाइभमार्फत सार्वजनिक गर्ने एक जना पुरुषको खोजी गरिरहेको बताएका छन्। क्लिभलेण्ड शहरका अधिकारीहरुले भनेका छन् स्टिभ स्टेफन्स नामक ती व्यक्तिले एक जना वृद्धलाई गोली हानी मारेको भिडियो फेसबुक लाइभमार्फत सार्वजनिक गरेका थिए। एक छुट्टै भिडियोमा ती स्टेफन्स नामक व्यक्तिले आफुले १३ जना मानिसको हत्या गरिसकेको र अझै थप हत्या गर्न चाहेको बताएको देखिन्छ।

तीव्र खोजी

क्लिभल्याण्ड प्रहरीका प्रमुख क्याल्भिन विलियम्सले एक जनाको हत्या भएको पुष्टी गरे तर अन्य कोहीको हत्या भएको थाहा नभएको बताएका छन्। ती मारिएका व्यक्ति ७४ वर्षीय वृद्ध रोबर्ट गुडवीन भएको प्रहरीले जनाएको छ। उनले स्टेफन्सको खोजीका निम्ति थुप्रै किसिमबाट प्रयास जारी राखिएको बताएका छन्।

ओहायो राज्य र त्यहाँभन्दा बाहिर पनि खोजी तीव्र पारिएको भन्दै विलियम्सले सर्वसाधारणलाई उक्त व्यक्ति सम्भवत: अझै हतियार सहित भएको र खतरनाक भएको भन्दै छेउ नपर्न सचेत गराएका छन्। क्लिभल्याण्ड प्रहरी विभागले स्टेफन्सको फोटो आफ्नो वेबसाइटमा राखेको छ। स्टेफन्स ६ फिट १ इञ्च अग्ला तथा अश्वेत भएको त्यहाँ जनाइएको छ।

लाइभ घटना अरु पनि

हत्या गरिएको भिडियो फेसबुक लाइभमार्फत प्रत्यक्ष सार्वजनिक गरिएको यो नै पहिलो घटना भने होइन।गत जुनमा शिकागो नगरमा आफैंबारे लाइभ भिडियो प्रसारण गरिरहेका एक पुरुषको हत्या भएको थियो। मार्चमा लाइभ प्रसारण गरिरहेका एक अज्ञात व्यक्तिलाई १६ वटा गोली प्रहार गरिएको थियो।

फेसबुकले प्रत्यक्ष भिडियो प्रसारण गर्न मिल्ने लाइभ स्ट्रिमिङ् सुविधा प्रदान गर्छ। सो सुविधा सन् २०१० मा शुरु भएको हो तर पछिल्ला केही महिनामा फेसबुकले यो सुविधालाई आफ्नो सामाजिक सञ्जाल विस्तार रणनीतिको केन्द्रमा राख्दै आएको छ। बीबीसी-

 

(14)

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *