Home Sports Football युनाइटेडले शिर्ष स्थानको चेल्सीलाई हरायो। हेरेरा नायक।
युनाइटेडले शिर्ष स्थानको चेल्सीलाई हरायो। हेरेरा नायक।

युनाइटेडले शिर्ष स्थानको चेल्सीलाई हरायो। हेरेरा नायक।

5
0

ईंगलिस प्रिमियर लिगको पाँचौँ स्थानमा रहेको म्यान्चेस्टर युाइटेडल् शिर्ष स्थानको चेल्सीलाई हराएको छ। घरेलु मैदान ओल्ड ट्याफर्डमा  सुरुवात देखि नै चेल्सीलाई दवावमा राखेको युनाइटेडले २-० गोल अन्तरले चेल्सीलाई हराएको हो।

खेलको सातौँ मिनेटमै एन्डर हेरेराको सुन्दर पासलाई सदुपयोग गर्दै युवा खेलाडी मार्कस् रास्फोर्डले सुन्दर गोल गरेका थिए। गत हप्ता युनाइटेड ‘बोस’ जोजेबाट प्रशंशा गरिएका र्स्फोर्डले मैदानमा रहुन्जेल हेर्नलाएक खेल खेलेका थिए। खेलको ८१ औँ मिनेटमा ज्लातानबाट सब्सिच्युट हुँदै मैदान छोड्दा दर्शकसे उनको सम्मानमा उठेर ताली बजाएका थिए।

त्यसपछि एन्डर हेरेरा अफैले ४९ औँ मिनेटमा गोल गर्दै चेल्सी विरुद्द म्यान्चेस्टर युनाइटेडको अग्रता दोब्बर बनाएका थिए। हेरेराको यो गोल नै खेलको अन्तिम गोल बन्यो।

गत सिजन चेल्सीबाट निस्कासित जोजे मरिन्होको वर्तमान टोली युनाइटेडले उनको पूर्व क्लबलाई खेलमा फर्किने एउटा पनि मौका दिएन।

(5)

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *